भोजपुरमा करीब ५० करोड लागतको खानेपानी आयोजना बन्दै
भोजपुर। भोजपुर सदरमुकाम तथा आसपासको क्षेत्रमा खानेपानी सुविधाको लागि करीब ५० करोडको शहरी खानेपानी आयोजनाको निर्माण शुरू भएको छ।

नेपाल सरकारको ७० प्रतिशत, नगरविकास कोषको २५ प्रतिशत ऋण र स्थानीय उपभोक्ताको ५ प्रतिशत गरि कूल ४९ करोड ७९ लाख ९८ हजार रूपैयाँ आयोजनाको लागत रहेको छ।

सो आयोजनाबाट भोजपुर नगरपालिका क्षेत्रका ५ देखि ९ र १२ वडाका दुई हजार २८० घर लाभान्वित हुने सिलिचुङ खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिका अध्यक्ष प्रविन कुमार सुवालले बताएका छन्।

अध्यक्ष सुवालले भने, “शिलान्याससँगै आयोजनाको काम शुरू भइसकेको छ, दुई वर्षभित्र काम सक्ने हाम्रो लक्ष्य छ।”

प्रसारण लाइन ३६ किलोमिटर र वितरण लाईन ७६ किलोमिटर गरी आयोजनाको कूल लम्बाई ११३ किलोमिटर रहेको छ।

आयोजना निर्माणको जिम्मा हुवासुई कन्काई जेभीलाई दिइएको छ। सो निर्माण कम्पनीलाई  एक करोड २२ लाख रूपैयाँ रकम सञ्चालन खर्च भुक्तानी गरिएको छ।

टेम्केमैयुङ गाउँपालिका– १ तिम्माको तीनभँगाले मुहान रहेको सो आयोजना अन्तर्गत दुई वटा प्रशोधन ट्याङ्की, छ वटा इन्टेक र १० वटा पानी पोखरी निर्माण गरिने छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्