काठमाडौं। अमेरिकाको जनसंख्या ३३ करोड। त्यस सम्पन्न र महाशक्ति र ठूलो अर्थतन्त्र भएको राष्ट्रका करीब ११ करोड नागरिकले टिकटक प्रयोग गर्छन्, अर्थात् एकतिहाइको हातमा यो चिनियाँ एप सक्रिय छ। तर, यो अवस्था त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बिलकुलै चित्त बुझेको छैन।
उनी टिकटक मात्र होइन, आफ्नो देशमा चिनियाँ कुनै पनि एप प्रयोग नहोस् भन्ने चाहन्छन्, त्यसमा प्रतिबन्ध लगाउने इच्छा गर्छन्। ‘मुडी’ स्वभावका ट्रम्पले आफ्नो पछिल्लो निशाना बनाएका छन् अर्को चिनियाँ एप अलिबाबा। शनिबार राष्ट्रपति ट्रम्पले अलिबाबा कम्पनीमाथि प्रतिबन्ध लगाउन दबाब बढाउने संकेत दिएका हुन्। यसअघि उनले टिकटक र भीच्याट बन्द गर्ने चाहना प्रकट गरिसकेका छन्।
उनले चिनियाँ कम्पनी बाइटडान्सको टिकटक बेच्नका लागि ९० दिनको म्याद दिएका थिए। टिकटक किन्न अर्को ठूलो कम्पनी माइक्रोसफ्ट अघि सरेको थियो। राष्ट्रपति ट्रम्पको चिनियाँ एपमाथिको टेढो नजर कायम छ र त्यो बढ्दो क्रममा छ। अलिबाबाबारे पत्रकारहरूको जिज्ञासामा अमूर्तखालको जवाफ दिँदै उनले भने, ‘‘हो, म अन्य चिजमाथि पनि विचार गरिरहेको छु।’’ उनको ‘अन्य चिज’को अर्थ चिनियाँ एप र वस्तुहरू थिए। अलिबाबा ग्रुप होल्डिङ एक चिनियाँ ईकमर्स कम्पनी हो।
यसले वेभपोर्टलमार्फत् उपभोक्तालाई व्यवसाय बिक्री सेवा प्रदान गर्छ। यसले इलेक्ट्रोनिक भुक्तानी सेवा, खरिद–बिक्री सम्बन्धी सर्च इन्जिन तथा क्लाउड कम्पुटिङ सेवा पनि उपलब्ध गराउँछ। टिकटक प्रतिबन्ध लगाउने विषयलाई लिएर अमेरिकामा निकै विरोध भयो। उनकै पार्टी रिपब्लिकनका मानिस र अन्य शुभचिन्तकले समेत आलोचना गरे। तर, टिकटक र भीच्याट अमेरिकामा प्रतिबन्ध लगाउन उनी कुनै पनि खालको विरोधको सामना गर्न तयार देखिन्छन्। उनले यी दुई एप ४५ दिनभित्र प्रतिबन्ध लगाउन हस्ताक्षर नै गरिसकेका छन्।
आखिर राष्ट्रपति ट्रम्प किन चिनियाँ एपबारे यतिविधि नकारात्मक हुन थाले ? यो प्रश्नको सतही उत्तर स्वयम् ट्रम्पले दिएका छन्– अमेरिकाको राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थव्यवस्थाका लागि चिनियाँ एप हानिकारक छन्। उनले यी एपहरू कसरी अमेरिकाका लागि हानिकारक भए भन्नेबारे कुनै जवाफ भने दिएका छैनन्। अमेरिकी जनताको व्यक्तिगत जानकारी र डाटा चीनले हात पारेको आशंका उनको रहेको छ।
अब विश्व निकै खुम्चिएको छ। निकट भविष्यमा कुनै दिन मानव समुदायमाथि आर्टिफिसियल इन्टेलिजेन्स हावी हुने खतरा कतिपय विद्वानले देख्दै आएका छन्। हामीले नियमित प्रयोग गर्ने सामाजिक सञ्जालमा राखिने सामग्रीले नै हाम्रा सबै तथ्य सार्वजनिक गर्दै आएका छन्। यसका फाइदा र बेफाइदा दुवै छन्। राष्ट्रपति ट्रम्पको आशंकालाई सही मान्ने र ती एपहरू प्रयोग नगर्ने हो भने अब संसारमा कसैले पनि आधुनिक प्रविधिको उपयोग नगरे हुन्छ। यस्ता प्रविधिको विकल्प छैन, मानिस अब फर्किएर ढुंगे युगमा जान चाहँदैन।
अबको संसार मानिसका हातबाट उत्पादित वा मानिसको दिमागको प्रयोगबाट मात्रै चल्न सक्दैन। हामी अचेल सामान्य हिसाब गर्न पनि क्यालकुलेटर थिच्छौं। अब हामीलाई कसैको फोन नम्बर वा ईमेल आईडी कण्ठ छैन। किन ? किनकि हामीसँग यी सबै कुरा सम्झाइदिने साधन छन्। एउटा औंलाले मोबाइलमा थिच्दा हजारौं नम्बर अघिल्तिर देखिन्छ। किन कण्ठ गरेर टाउको दुखाउने ?
हामीले एकपटक सामाजिक सञ्जालमा राखेको सामग्री तत्कालै हटाए पनि त्यो कहीँ न कहीँ रेकर्ड भइसकेको हुन्छ। जीमेलमा गरिएका पत्रात्मक संवाद अब गोप्य छैन। यो अवस्थामा के यी प्रविधिहरू एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउँदा दुनियाँ चल्छ ? अथवा त्यसका प्रयोगकर्ता यस्ता प्रतिबन्धप्रति खुशी होलान् ? त्यसमाथि अमेरिकाजस्तो सचेत मानिसहरूको बसोबास रहेको ठाउँमा यस्तो प्रतिबन्धको कल्पना गर्न पनि मुश्किल छ।
यी कुरा राष्ट्रपति ट्रम्पजस्ता राजनीतिका चलाख खेलाडीले नबुझेका होलान् ? निश्चित रूपमा ट्रम्प यसबारे भलिभाँती परिचित छन्। उनलाई पूराका पूरा थाहा छ– प्रविधिमाथिको प्रतिबन्ध अमेरिकी नागरिकले स्वीकार गर्दैनन्। तर, पनि किन उनी एकपछि अर्को लोकप्रिय एपहरू बन्द गर्न खोज्दै छन् ?
यसमा हाल दुईवटा कारण देखिन्छन्। पहिलो, लोकप्रिय बन्न पुगेका चिनियाँ एपको स्वामित्व अमेरिकी व्यापारीको हातमा ल्याउनु। अर्को, चीनलाई व्यापारयुद्धमा परास्त गर्नु। शुरूमा अमेरिकामा यी एपहरू प्रतिबन्ध लगाउने र त्यसको मूल्य ओराल्ने नियत राष्ट्रपति ट्रम्पको रहेको देखिन्छ। ओर्लिएको मूल्यमा ती एप अमेरिकाका माइक्रोसफ्टजस्ता कम्पनीको हातमा पार्नु उनको उद्देश्य बुझ्न सकिन्छ।
ट्रम्प राजनीतिज्ञ भन्दा पनि एक सफल व्यापारी हुन्। उनलाई कसरी लोकप्रिय कम्पनीलाई कमजोर पार्ने र त्यसको स्वामित्व हत्याउने भन्नेबारे राम्रै ज्ञान छ। तर, यतिखेर उनी करीब अढाइ महीनापछि हुने राष्ट्रपति निर्वाचनमा केन्द्रित छन्। उनी कसरी मतदातालाई प्रभावित पार्ने भन्ने रणनीतिको हिसाबकिताबमा व्यस्त छन्। अति राष्ट्रवादी देखिएर जनमत हात पार्न उनले पटकपटक आप्रवासन नीतिलाई कडा बनाउने प्रयास गर्दै आएका छन्।
यही कारण पनि उनले अमेरिकामा जंगलमा लागेको आगोसरी फैलिएको कोरोनालाई समेत नजरअन्दाज गर्दै आएका छन्। उनलाई जसरी हुन्छ, निर्वाचन जित्नुछ र अमेरिकाको शीर्ष कार्यकारी पदमा आफूलाई दोहोर्याउनुछ। अमेरिकामा फैलिएको कोरोनाका कारण राष्ट्रपति ट्रम्प आलोचित छन्। त्यस धनी मुलुकमा जनताको स्वास्थ्यबारे सरकारी तयारीप्रति अधिकांश नागरिक खुशी छैनन्। प्रहरीद्वारा गरिएको जर्ज फ्लोयडको हत्याले अश्वेतप्रति अमेरिकाको दृष्टिकोण छताछुल्ल पारिदिएको छ। यसको चित्तबुझ्दो जवाफ राष्ट्रपति ट्रम्पले दिन सकेका छैनन्।
उनले अमेरिकालाई आत्मनिर्भरताको बाटोमा लैजाने बहानामा चिनियाँ सामानमा प्रतिबन्ध लगाउन थाले। २०१८ मा उनले यी दुई ठूला अर्थतन्त्रबीच व्यापारयुद्ध नै आरम्भ गरे। शुरूमा चिनियाँ सामानमा उच्च भन्सार तोके भने पछि गएर टेक्नोलोजीमा प्रतिबन्धकै कदम उठाए।
तर, राष्ट्रपति ट्रम्पको कदमले अमेरिकालाई फाइदा गरेन। चीनले जुन वस्तु जति मूल्यमा अमेरिकालाई उपलब्ध गराउन सक्छ, त्यही मूल्यमा अन्य देशले सक्दैनन्। त्यस्ता वस्तु अमेरिकामै उत्पादन हुन झनै सक्दैन। अमेरिकामा चिनियाँ सामानको प्रतिबन्धले चीनलाई घाटा नलागेको होइन, उसले वार्षिक रूपमा अर्बौं डलरको बजार गुमाएको छ। अमेरिका निर्यातमा आएको गिरावटले चीनको अर्थतन्त्रमै उल्लेखनीय असर पर्न गएको छ।
राष्ट्रपति ट्रम्प आफूलाई घाटा परे पनि वा जनतालाई असुविधा भए पनि चीनलाई गलाउने मनसाय राखेर अघि बढिरहेका छन्। उनको मनसायप्रति अधिकांश अमेरिकीको सहमति छैन। तर, उनी कसैको सल्लाह मान्ने पक्षमा देखिँदैनन्। उनले एक पटक जे ठाने त्यो ढुंगाको अक्षर हो भन्ने धारणा उनमा गढेर बसेको छ।
" /> काठमाडौं। अमेरिकाको जनसंख्या ३३ करोड। त्यस सम्पन्न र महाशक्ति र ठूलो अर्थतन्त्र भएको राष्ट्रका करीब ११ करोड नागरिकले टिकटक प्रयोग गर्छन्, अर्थात् एकतिहाइको हातमा यो चिनियाँ एप सक्रिय छ। तर, यो अवस्था त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बिलकुलै चित्त बुझेको छैन।उनी टिकटक मात्र होइन, आफ्नो देशमा चिनियाँ कुनै पनि एप प्रयोग नहोस् भन्ने चाहन्छन्, त्यसमा प्रतिबन्ध लगाउने इच्छा गर्छन्। ‘मुडी’ स्वभावका ट्रम्पले आफ्नो पछिल्लो निशाना बनाएका छन् अर्को चिनियाँ एप अलिबाबा। शनिबार राष्ट्रपति ट्रम्पले अलिबाबा कम्पनीमाथि प्रतिबन्ध लगाउन दबाब बढाउने संकेत दिएका हुन्। यसअघि उनले टिकटक र भीच्याट बन्द गर्ने चाहना प्रकट गरिसकेका छन्।

">