रौतहट। रौतहट बमकाण्डका घाइते गौरीशंकर रामले आफूलाई मोहम्मद अफताव आलमका सहयोगीहरुले अपहरण गरेर बयान फेर्न दवाव दिएको बताएका छन् । उनले आफू स्टोभ पड्किएर नभइ २०६४ सालमा राजपुरको फरहदवामा भएको बम विष्फोटमा परेर घाइते भएको पनि प्रष्ट्याएका छन् ।

रौतहटमा आज पत्रकारहरुसँग कुरा गर्दै गौरीशंकरले आलमका मान्छेहरुले ४ दिनसम्म एउटा घरको कोठामा थुनेर डर, धम्की र प्रलोभनमा पारेर कागजमा दस्तखत गराएको बताएका छन् । घटनाको विवरण सुनाउँदै गौरीशंकरले भनेका छन्, ''म इट्टा भट्टामा काम गर्ने मान्छे । त्यो दिन काम गरेको पैसा लिन मुन्सीले भनेपछि अफताबको घर गएको थिएँ । तर घर नजिकै पुग्दा अचानक विष्फोट भयो । विष्फोटबाट मेरो शरीरमा आगो लाग्यो । अनि केही पर गएर म खेतमा लडेँ । त्यसपछि के भयो मलाई थाहा छैन । पछि आफन्तहरुले मलाई उपचारका लागि सितामढी अस्पताल लगेको थाहा पाएँ । त्यहाँ बम विष्फोटमा परेर घाइते भएको भन्दा उपचारमा अप्ठेरो हुने भएकाले स्टोभ पड्केर घाइते भएको भनिएको थियो ।''

गौरीशंकरले अगाडि भने, ''अफताब पक्रिएको थाहा पाएपछि म केश गर्न आएँ । म घरमा थिएँ । गाडी लिएर चार जना आए । अनि गाडीमा लगेर गए । चार दिनसम्म थुनेर राखे । अनि के-के कागजमा साइन गराए । हिंजो गाडीमा ल्याएर छाडिदिए । तीन मानिसले मलाई अदालतमा छाडेर गए । मलाई अपहरण गरेका चार जनामध्ये एक जना नौसाद बाहेककालाई म चिन्दिन । उनीहरुले आलमलाई बचाउनुपर्छ भन्दै मलाई जतिसुकै पैसा चाहिए पनि दिने बताएका थिए । अनि यताउता गरेमा तिम्रो घरपरिवार पनि होला, विचार गर्नु भनेर चेतावनी दिएका थिए । स्टोभ पड्किएको भन्ने कुरा गलत हो । उपचारका क्रममा बच्न सितामढीमा स्टोभ पड्केर घाइते भएको भनेको थिएँ । अहिले म प्रहरीकोमा छु । सुरक्षित छु ।''

आलमका व्यक्तिहरुले स्टोभ पड्किएर घाइते भएको बयान दिन बाध्य बनाएपछि गौरीशंकर हिजो,२५ कात्तिकमा त्यही व्यहोराको निवेदन लिएर रौतहट जिल्ला अदालत पुगेका थिए । प्रहरीले आलमका मान्छेहरुले उनलाई होस्टायल गरेको संकेत पाएर आफूसँगै लिएर गएको थियो ।

पढ्नुहोस् :

आलमलाई सहयोग पुग्ने गरी फेरि अर्को ‘होस्टायल’को प्रयास

दुई वर्षअघि श्रीमानको मृत्यु दर्ता गराएकी अमनाले किन दिइन् झुटो निवेदन?

मुख्य अभियुक्त आलमद्वारा प्रत्यक्षदर्शी र साक्षीलाई प्रलोभनमा पार्ने प्रयास

"> रौतहट बमकाण्डका घाइतेले भने- बयान फेराउन आलमका मान्छेले मलाई अपहरण गरे (भिडिओसहित): Dekhapadhi
रौतहट बमकाण्डका घाइतेले भने- बयान फेराउन आलमका मान्छेले मलाई अपहरण गरे (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्