शिक्षकलाई तलब खुवाउन महायज्ञ
तम्घास। गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङस्थित रघुफेदी प्रतिमान निमा माध्यमिक विद्यालयका शिक्षकलाई तलब खुवाउन धार्मिक महायज्ञ गरिएको छ।

विद्यालयमा सरकारले दरबन्दी नदिएको र पठनपाठनमा समस्या रहेकोले महायज्ञ सञ्चालन गरिएको विद्यालयका प्रध्यानाध्यापक राजु चन्द बोहराले बताए।

२२ कात्तिकदेखि जारी महायज्ञ २८ कात्तिकसम्म सञ्चालन हुनेछ।

माध्यमिक तहसम्म पढाइ हुने यस विद्यालयमा मावि तहमा हाल एक जना शिक्षकको मात्र दरबन्दी छ।

प्रावि र निमाविमा चार जना शिक्षक दरबन्दीमा कार्यरत् छन्।

नौ जना शिक्षक निजी स्रोतको तलबमा काम गरिरहेका छन्।

“दरबन्दीका लागि धेरैपटक मन्त्रालयमा गयौँ तर उपलब्ध भएन”, प्रध्यानाध्यापक बोहोराले भने, “मावि सञ्चालन गर्न महायज्ञ चलाउनुको विकल्प देखिएन। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्