२५ जना जुवाडे सम्पत्ति शुद्धीकरण विभागको नियन्त्रणमा
काठमाडौं। जुवाको खालबाट साढे दुई करोड रूपैयाँसहित ९ कात्तिकमा पक्राउ परेका २५ जनालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा रहेका उनीहरुलाई केहीबेरअघि नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए।

उनले देखापढीसँग भने, "उनीहरुबाट बरामद गरिएको अस्वाभाविक रकमको स्रोत खुलेको छैन, त्यो पैसाको वैधानीकताबारे विभागले खोजी शुरु गरेको छ।"

महानिर्देशक भट्टराईका अनुसार विभागको नियन्त्रणमा रहेका २५ जनालाई म्याद थपको कानूनी प्रक्रिया थालेर अनुसन्धान थालिनेछ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीहरुलाई २५ कात्तिकमा धरौटी मागेर रिहा गर्न आदेश दिएको थियो।

उनीहरूलाई धरौटी मागेर विभागमा पठाइदिन प्रशासनले आदेश गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्