महिला सेन्ट्रल जोन भलिबलः नेपालको लगातार तेस्रो जित, एक खेल अगावै फाइनलमा
काठमाडौं। बंगलादेशमा जारी एभिसी सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप–२०१९ मा नेपालले लगातार तेस्रो जित हात पारेको छ।

आज भएको लिगको तेस्रो खेलमा नेपालले घरेलु टोली बंगलादेशलाई ३–० को सेटमा पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको छ।

यसअघि नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा कीर्गिस्तानलाई ३–० को सेटमा पराजित गरेको थियो।

ढाकास्थित मिरपुरमा रहेको शहीद सुह्रवर्दी  इन्डनेर स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीविरुद्धको पहिलो सेट २७–७ ले आफ्नो पक्षमा पारेको थियो।

दोस्रो सेटमा झन् बलियो शुरूआत गर्दै नेपालले १५–० को अग्रता बनाएको थियो। नेपालले दोस्रो सेट २५–६ ले जितेको थियो।

प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिँदै तेस्रो सेट २५–६ ले  आफ्नो पक्षमा पार्दै खेल सहजै जितेको हो।

नेपालकी सुनिता खड्का खेलको मोस्ट भ्यालुएबल प्लेअर घोषित भइन्।

लगातार तीन खेल जितको नेपालले नौ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको माल्दिभ्सको आठ अंक छ। कीर्गिस्तानको चार, बंगादेशको तीन र अफगानीस्तानको शून्य अंक रहेको छ। अफगानीस्तानले चार खेल खेलिसकेको छ।

नेपालले अब लिगको अन्तिम खेल २७ कात्तिकमा माल्दिभ्ससँग खेल्नेछ।

अब लिगमा नेपालले माल्दिभ्ससँग खेल्न बाँकी छ। नेपाल र माल्दिभ्स लिगको अन्तिम खेल खेल्नुअघि नै फाइनलमा पुगिसकेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्