राष्ट्रकवि घिमिरेकाे निधनप्रति प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
<p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधव प्रसाद घिमिरेको मृत्युप्रति समवेदनामा व्यक्त गरेका छन्।</p>
<p>“राष्ट्र कवि माधवप्रसाद घिमिरेको १०२ वर्षको उमेरमा आज दुःखद निधन भएको छ। उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्” ओलीले ट्विटमार्फत भनेका छन्, “शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु ।साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”</p>
<p>राष्ट्रकवि घिमिरेको आज साँझ ५ः५५ बजे आफ्नै निवासमा मृत्यु भएको थियो। </p>
प्रतिक्रिया दिनुहोस्