पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर अस्पताल भर्ना

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर अस्पताल भर्ना भएका छन् ।

११ नोभेम्बर साँझ लडेर मस्तिष्कमा रक्तश्राव भएपछि कार्टर ‘इमोरी युनिभर्सिर्टी हस्पिटल’ भर्ना भएका हुन् ।

९५ वर्षीय कार्टरको स्वास्थ्य सामान्य छ । कार्टरले अस्पतालमा आराम गरिरहेको र उनको श्रीमती साथमै रहेको कार्टर सेन्टरले विज्ञप्तिमार्फत् जनाएको छ ।

कार्टर २०६४ र २०७० को संविधान सभा निर्वाचन अनुगमनका लागि नेपाल आएका थिए ।

उनी सन् १९७७ देखि ८१ सम्म अमेरिकाको राष्ट्रपति थिए ।