काठमाडौं। इमेलको लागि लोकप्रिय जिमेलमा संसाभर समस्या आएको छ। जिमेल विश्वभर डाउन भएको हो। गुगलले दिदै आएको जिमेल र गुगल ड्राइभमा समस्या देखिएको हो।
कतिपयले जिलेमल लग-इन गर्न नै सकेका छैनन् भने कतिपयले इमेल पठाउँदा फाइल अट्याच नहुने गरेको गुनासो गरेका छन्। फाइल अट्याच हुन लामो समय लाग्ने देखाउने र अन्तिममा अट्याच नै नहुने समस्या देखिएको छ।
द इकोनोमिक टाइम्सले जिमेलमा विश्वभर यस्तो समस्या देखिएको उल्लेख गरेको छ। जिमेल प्रयोगकर्ताहरूले पनि सोसल मिडियामा जिमेलमा समस्या भोग्नुपरेको उल्लेख गरेका छन्।
नेपालमा पनि जिमेलमा समस्या देखिएको भन्दै प्रयोगकर्ताहरूले ट्वीटर र फेसबुकमा उल्लेख गरेका छन्।
डाउन डिटेक्टर पोर्टलले ट्रयाक गरेअनुसार, ६२ प्रतिशत मानिसहरूले इमेल पठाउँदा फाइल अट्याच गर्न सकेका छैनन भने २५ प्रतिशत प्रयोगकर्ताले जिमेलमा लगइन नै गर्न सकेका छैनन्।
जिमेलमा के कारणले प्रयोगकर्ताले समस्या भोग्नुपर्यो भन्ने अहिलेसम्म खुलेको छैन।
गुगलले प्रयोगकर्ताहरूको गुनासो आएको र समस्याको बारेमा अध्ययन थालेको बताएको छ।
“जिमेलमा आएको समस्याको बारेमा खोजी शुरू गरेका छौं। चाडै विस्तृत विवरण सार्वजनिक गर्नेछौं”, गुगलले भनेको छ।
" /> काठमाडौं। इमेलको लागि लोकप्रिय जिमेलमा संसाभर समस्या आएको छ। जिमेल विश्वभर डाउन भएको हो। गुगलले दिदै आएको जिमेल र गुगल ड्राइभमा समस्या देखिएको हो।कतिपयले जिलेमल लग-इन गर्न नै सकेका छैनन् भने कतिपयले इमेल पठाउँदा फाइल अट्याच नहुने गरेको गुनासो गरेका छन्। फाइल अट्याच हुन लामो समय लाग्ने देखाउने र अन्तिममा अट्याच नै नहुने समस्या देखिएको छ।

">