काठमाडौं। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने नेपाल सरकारको संकल्पलाई साकार पार्न आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा रहेका हमिदले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज भएको भेटमा नेपालको उक्त लक्ष्य हासिल गर्ने परिकल्पना पूरा गर्न बङ्गलादेशले हातेमालो गर्दै अघि बढ्न चाहेको बताएका हुन्।

बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थन तथा बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै उनले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताएको मन्त्री ज्ञवालीले जानकारी दिए। राष्ट्रपति हमिदले बङ्गलादेशबाट अधिकतम लाभ लिन तथा द्विपक्षीय सहकार्य र साझेदारीलाई अझ घनीभूत तुल्याउनुपर्नेमा जोड दिएका छन्।

सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग, बङ्गलादेशका बन्दरगाह उपयोग, पूर्वाधार निर्माण, पर्यटन विकास, व्यापार प्रवर्द्धन लगायत आपसी चासोका विविध विषयमा आफूहरूबीच विचार विमर्श भएको बताउँदै उनले बङ्गलादेशसँगको सम्बन्धलाई अझ सार्थक तुल्याएर त्यसलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्न नेपालले चाहेको जानकारी राष्ट्रपतिलाई दिएका थिए।

राष्ट्रपति हमिदको यस भ्रमणबाट नेपाल र बङ्गलादेशबीचको परम्परागत सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए। भेटमा परराष्ट्र सचिव शंकरदास वैरागी, बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै बङ्गलादेशका परराष्ट्र सचिव, राष्ट्रपति कार्यालयका सचिव, सञ्चार सचिव तथा नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते शाम्सको उपस्थिति थियो। –रासस

" /> काठमाडौं। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने नेपाल सरकारको संकल्पलाई साकार पार्न आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा रहेका हमिदले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज भएको भेटमा नेपालको उक्त लक्ष्य हासिल गर्ने परिकल्पना पूरा गर्न बङ्गलादेशले हातेमालो गर्दै अघि बढ्न चाहेको बताएका हुन्।

बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थन तथा बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै उनले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताएको मन्त्री ज्ञवालीले जानकारी दिए। राष्ट्रपति हमिदले बङ्गलादेशबाट अधिकतम लाभ लिन तथा द्विपक्षीय सहकार्य र साझेदारीलाई अझ घनीभूत तुल्याउनुपर्नेमा जोड दिएका छन्।

सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग, बङ्गलादेशका बन्दरगाह उपयोग, पूर्वाधार निर्माण, पर्यटन विकास, व्यापार प्रवर्द्धन लगायत आपसी चासोका विविध विषयमा आफूहरूबीच विचार विमर्श भएको बताउँदै उनले बङ्गलादेशसँगको सम्बन्धलाई अझ सार्थक तुल्याएर त्यसलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्न नेपालले चाहेको जानकारी राष्ट्रपतिलाई दिएका थिए।

राष्ट्रपति हमिदको यस भ्रमणबाट नेपाल र बङ्गलादेशबीचको परम्परागत सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए। भेटमा परराष्ट्र सचिव शंकरदास वैरागी, बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै बङ्गलादेशका परराष्ट्र सचिव, राष्ट्रपति कार्यालयका सचिव, सञ्चार सचिव तथा नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते शाम्सको उपस्थिति थियो। –रासस

"> बङ्गलादेशबाट अधिकतम लाभ लिन राष्ट्रपति हमिदको आग्रह: Dekhapadhi
बङ्गलादेशबाट अधिकतम लाभ लिन राष्ट्रपति हमिदको आग्रह
काठमाडौं। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने नेपाल सरकारको संकल्पलाई साकार पार्न आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा रहेका हमिदले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज भएको भेटमा नेपालको उक्त लक्ष्य हासिल गर्ने परिकल्पना पूरा गर्न बङ्गलादेशले हातेमालो गर्दै अघि बढ्न चाहेको बताएका हुन्।

बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थन तथा बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै उनले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताएको मन्त्री ज्ञवालीले जानकारी दिए। राष्ट्रपति हमिदले बङ्गलादेशबाट अधिकतम लाभ लिन तथा द्विपक्षीय सहकार्य र साझेदारीलाई अझ घनीभूत तुल्याउनुपर्नेमा जोड दिएका छन्।

सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग, बङ्गलादेशका बन्दरगाह उपयोग, पूर्वाधार निर्माण, पर्यटन विकास, व्यापार प्रवर्द्धन लगायत आपसी चासोका विविध विषयमा आफूहरूबीच विचार विमर्श भएको बताउँदै उनले बङ्गलादेशसँगको सम्बन्धलाई अझ सार्थक तुल्याएर त्यसलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्न नेपालले चाहेको जानकारी राष्ट्रपतिलाई दिएका थिए।

राष्ट्रपति हमिदको यस भ्रमणबाट नेपाल र बङ्गलादेशबीचको परम्परागत सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए। भेटमा परराष्ट्र सचिव शंकरदास वैरागी, बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै बङ्गलादेशका परराष्ट्र सचिव, राष्ट्रपति कार्यालयका सचिव, सञ्चार सचिव तथा नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते शाम्सको उपस्थिति थियो। –रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्