कांग्रेस सभापति देउवाले भने- जुलुस गर्दैमा जमीन फिर्ता हुँदैन
हेटौंडा। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भूभाग फिर्ता नहुने बताएका छन्।

नेपाली कांग्रेस प्रदेश- ३ का ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरूलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उनले यसका लागि कूटनीतिक पहल गर्नुपर्ने धारणा व्यक्त गरे।

देउवाले कालापानी सदियौंकालदेखि नेपालको भूभाग भएको पनि दाबी गरे। कालापानीको विषयमा आफूले यसअघि पनि बोलेको भन्दै उनले कालापानीको भूभाग एक इन्च पनि नछाड्ने प्रतिवद्धता व्यक्त गरे।

कांग्रेस सभापति देउवाले ऋण लिएर रेल चढ्ने कुराको कांग्रेसले समर्थन नगर्ने पनि बताए  भारत या चीन दुवैले रेलमा अनुदान दिने भएमात्र रेल बन्नसक्ने उनको भनाइ छ। “भारत होस् कि चीन, ऋण लिएर रेल बनाउने काममा समर्थन हुन्न, प्रत्येक वर्ष ब्याज तिर्दै रेल चढ्ने कुरालाई समर्थन छैन”, देउवाले भने।

नेपाली कांग्रेसलाई बलियो बनाउन पार्टीमा आन्तरिक एकता आवश्यक रहेकोसमेत उनको भनाइ छ। पार्टीमा एकता भएको अवस्थामा चुनावमा समेत विजयी हुने देउवाले बताए।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले अब नेपालको कम्युनिष्टसँग प्रतिस्पर्धा गर्नुपर्ने बताए। कम्युनिष्टहरूको विचार नै नभएको र बहुदलमा विश्वास गर्ने चरित्रसमेत नरहेको पौडेलले आरोप लगाए।

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधि, केन्द्रीय नेताहरु डा. शशांक कोइराला, डा. रामशरण महतलगायतले बोलेका थिए।

२७ कात्तिकसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश-३ का ६ जिल्लाका २९० महाधिवेशन प्रतिनिधिहरूको सहभागिता छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्