ग्याँस सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते
बाँके। बाँकेको कोहलपुर निवासी चूडामणि शर्मा खाना पकाउने चुल्होमा प्रयोग हुने ग्याँस सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका छन्।

कोहलपुर न्युरोड गोलपार्क नजिकै रहेको शर्माको घरको माथिल्लो तल्लामा रहेको ग्याँस चुहिएर कोठाबाट बाहिर जान नपाएपछि विस्फोट भएको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार घरका सबै झ्यालढोका बन्द भएकाले ग्याँस फैलिन नपाएर विस्फोट भएको हो। विस्फोटबाट घरका झ्याल, ढोकाका साथै कोठामा राखिएका सामग्रीहरूमा क्षति पुगेको छ।

विस्फोटमा घाइते भएका घरधनी पौडेललाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। घरमा अरू कोही नभएकाले मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्