उपनिर्वाचनका कारण स्थगित भयो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौं। १४ मंसीरमा हुने उपनिर्वाचनका कारण सुनसरीको धरानमा तय गरिएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित भएको छ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताका कारण महोत्सव स्थगित गर्नुपरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश–१ का मुख्यसचिव सुरेश अधिकारीले जनाएका छन्।

१४ मंसीरमा धरान उपमहानगरपालिकाको मेयरका लागि उपनिर्वाचन हुँदैछ।

उनका अनुसार महोत्सवको नयाँ मिति पछि अवगत गराइनेछ।

यसअघि २९ कात्तिकदेखि दुई मंसीरसम्म धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने तय भएको थियो।

प्रतिक्रिया दिनुहोस्