काठमाडौं। ठमेल, राजधानी शहरको एउटा रोमाञ्चक टुक्रा। सधै बेहुलीझै सिँगारिएर पाहुना स्वागतका लागि तम्तयार रहने काठमाडौंको ‘पर्यटन हब’ साँझको समयमा सधै दिपावली मनाइरहेजस्तो हुन्थ्यो।
तर, ठमेलको रौनक फुङ्ग उडेको महीनौं भइसक्यो। केही महीना अघिसम्म पनि उत्साह र ऊर्जाको स्रोत झै लाग्ने ठमेल आजकाल परित्यक्त एउटा बूढो र रोगी रुखजस्तै भएको छ। ठमेलमात्र होइन कोरोना भाइरस महामारीका कारण पूरा देश, अझ विश्वकै हालत त्यस्तै छ। ठमेल वरिपरि रिक्सा चलाएर जीविका चलाइरहेका लालबहादुर तामाङको अवस्था अहिले ठमेलसँगै खस्किएको छ। दयनीय बनेको छ।
पहिला यही ठाउँमा घुँइचो हुन्थ्यो। मानिसहरूको आउजाउ बाक्लो थियो। उनको घरको चुलो पनि बल्थ्यो। यात्रुलाई पुरानो रिक्सामा सवार गराएर पाउदान खियाउँदा लालबहादुरको जीवनले गति पाउँथ्यो। २५ वर्षदेखि उनले रिक्साकै चालमा जीवनलाई यसैगरी घिसारिरहेका थिए। सातजनाको परिवार पाल्ने आधार त्यही तीन पाङ्ग्रे रिक्सा जो थियो।
“तर बन्दाबन्दीपछि पैसाको मुख नदेखेको १० दिन भयो। रिक्सा चढ्न त के बाटोमा मान्छे नै हिड्न छाडेका छन्,” लालबहादुरलाई काम नपाउँदा परिवारको पेट कसरी पाल्ने भन्ने पिरले सताइरहेको छ।
पहिलोपटक रिक्साको हेन्डील समाउँदा उनी १२ वर्षका मात्र थिए। कलिला हातलाई रिक्साको ब्रेकले पनि टेर्दैनथ्यो। तर उनले हार खाएनन्। रिक्सासँगै जिन्दगी घिसार्ने क्रमलाई निरन्तरता दिए।
“बाउले नसकेपछि घर चलाउनै पर्यो। पढने उमेरमा स्कूल टेक्न पनि पाइएन। आफूले नपाए पनि छोराछोरीलाई पढाउँछु भन्ने सोचेको थिएँ। तर त्यो पनि सकिन,” आफ्नै भाग्यप्रति खेद प्रकट गर्छन् उनी।
लालबहादुरकी श्रीमती नुवाकोटस्थित पूर्ख्यौली गाउँमा पाँच छोरी र एक छोरा हुर्काइरहेकी छिन्। कोरोना संकटले उनीहरुलाई गाउँ लखेट्यो। तर उनले चाहीि ७ साउनमा लकडाउन खुकुलो भएपछि रोकिँदै आएको कमाइलाई निरन्तरता दिने योजनाका साथ फेरि रिक्सा निकाले। तर, हिजोबाट शुरू भएको निषेधाज्ञाले लालबहादुर र उनको परिवारको पेटमा अर्को लात हान्यो।
लकडाउनअघि हरेक बिहान सूर्यको प्रकाश धर्तीमा पर्नु अघि नै तामाङका आँखा खुल्थे। ६ नबज्दै रिक्सा लिएर ठमेल पुगिसकेका हुन्थे। आजभोलि त्यो दैनिकी बदलिएको छ। सखारै उठेर जानुको अर्थ पनि छैन। कसका लागि जानु ? किन जानु ? कमाइ होला कि भन्ने आशा मरिसक्यो। गाउँ जाउँ भने पनि निशेधाज्ञाले गर्दा सवारीसाधन पाइन्न।
त्यसैले आजकाल उनी चाहेर पनि समयमा उठ्दैनन्। दिन र रात एक जस्तै भएको छ। दैनिकी सुत्ने, उठ्ने र फेरि सुत्नेमै बित्छ।
त्यसो त ग्राहक पाउँदा पनि उनले जीवनको कुन चाँहि बाजी मारेका थिए र ! जीवन सुध्रिएला, बाँच्न सहज होला भनेर समातेको रिक्साको ह्यान्डिलले छाक टार्न पनि सहज थिएन।
“केही राम्रा दिन आउलान् कि भनेर बिहान ६ देखि फेरि भोलि बिहान २ बजेसम्म लगातार पनि रिक्सा पेलेँ। साँझ, बिहान, चर्को घाम र हावा हुन्डरी केही पनि भनिनँ। तर केही फेरिएन,” झुकेको मुन्टो नउठाइकनै लालबहादुर निराशा पोख्छन्, “एक रूपैयाँ पनि बचत गर्न कहिल्यै सकिएन। छोराछोरी बिरामी पर्दा उपचार गर्नसमेत सकेको छैन।”
जीवनको सबैजसो हिस्सा दुःख र हण्डर खाएरै बिते पनि शारीरिक तन्दुरुस्तीले भने उनलाई साथ दिएको छ। निरोगी भएकै कारण रिक्सा पेलेरै सातजनाको परिवार पालेका उनी काम पाए जतिसुकै पनि गर्न सक्ने बताउँछन्। त्यसैले त डेरामा एक हप्तालाई पुग्ने चामल नभए पनि, खिया लागिसकेको स्टोभ सल्काउनुपर्ने बाध्यता भए पनि, थोत्रा र च्यातिएका सिरक डस्नामात्र भए पनि, लगाउन ढंगका कपडा नभए पनि लालबहादुर निरन्तर संघर्षका लागि तयार छन्।
मजदुरको जिन्दगी नै अपहेलना र अभावमा बितेको कसैलाई हेक्का नभए पनि उनलाई यसको पर्याप्त अनुभव छ। त्यसैले ग्राहकले ‘ओए रिक्सा एता आइज’ भनेर बारम्बार बोलाउँदा मन दुःखे पनि कतै कसैसँग गुनासो गर्दैनन्। गरीब बनाएर जन्माउने भाग्यलाई दोष दिएर सम्हालिन्छन्। मनको वह व्यक्त गरे पनि केही हुँदैन बरु तिनै ग्राहकलाई फकाएर रिक्सा चढाउन पाए गुजारा चल्ने उनले बुझेका छन्।
“धनीलाई अपहेलना ठूलो र गरीबलाई पैसा ठूलो हो कि क्या हो। जसले हेला गरे पनि, जसकाे गल्ती भए पनि फेरि हामी नै झुक्नै पर्छ,” देखापढीसँग चाँहि उनी खुले, “दिनभरि कमाएर बेलुकी खानुपर्ने मजदुरको जीवन त्यही त हो। कति बेला एक खिल्ली चुरोट खाने पैसा पनि हुँदैन। हामीसँग झुक्नुको विकल्प पनि त छैन नि!”
शहरमा लालबहादुरले धेरै संघर्ष गरे। धेरै रात नसुति बिताए। धेरै छाक भोकै उठेर पटुका कसे। तर यो शहर कहिल्यै आफ्नो नहुने उनलाई थाहा छ। त्यसैले त आजकाल उनलाई गाउँ नै प्यारो लाग्न थालेको छ।
भन्छन्, “अब लकडाउन खुलेपछि गाउँ नै जान्छु। गाउँमा भए मागेर पनि खान पाइन्छ, भोकै मर्नु पर्दैन। तर शहरले केही दिँदैन,” तामाङ भावुक भए, “शहर भनेको पाखुरीमा दम भएसम्मका लागि हो। शहरमा ठूलो सपना देख्ने ठूला मान्छेले नै हो। हामीलाई त्यो अधिकार छैन।”
गरीबका कुरा नसुन्ने सरकारसँग उनको कुनै गुनासो छैन। पूरा विश्व कोरोना महामारीबाट त्रसित हुँदा पनि भाइरस संक्रमणको जोखिमप्रति उनी निर्धक्क छ। उनलाई त भोलि के खाएर पेट भर्ने भन्नेमात्र चिन्ता छ। बालबच्चालाई के खुवाउने भन्ने चासो छ।
“सधैँ माइकमा मात्र बोल्छन, हामी बाँचेको र मरेको कसलाई वास्ता हुन्छ र ?,” लालबहादुरले सरकारप्रति अहिलेसम्म अव्यक्त रहेको आक्रोश पोखे, “हामी गरीबका लागि कोही छैन। त्यसैले हामीले मेहनत गर्ने हो, तर सुख खोज्ने होइन। म पनि अब कहिल्यै सुख खोज्दिनँ। गरीबको सुख त चिहानमै मात्र मिल्छ।”
" /> काठमाडौं। ठमेल, राजधानी शहरको एउटा रोमाञ्चक टुक्रा। सधै बेहुलीझै सिँगारिएर पाहुना स्वागतका लागि तम्तयार रहने काठमाडौंको ‘पर्यटन हब’ साँझको समयमा सधै दिपावली मनाइरहेजस्तो हुन्थ्यो।तर, ठमेलको रौनक फुङ्ग उडेको महीनौं भइसक्यो। केही महीना अघिसम्म पनि उत्साह र ऊर्जाको स्रोत झै लाग्ने ठमेल आजकाल परित्यक्त एउटा बूढो र रोगी रुखजस्तै भएको छ। ठमेलमात्र होइन कोरोना भाइरस महामारीका कारण पूरा देश, अझ विश्वकै हालत त्यस्तै छ। ठमेल वरिपरि रिक्सा चलाएर जीविका चलाइरहेका लालबहादुर तामाङको अवस्था अहिले ठमेलसँगै खस्किएको छ। दयनीय बनेको छ।

">