गोरखामा चोरीमा संलग्न चार जना पक्राउ

गोरखा। गोरखा सदरमुकाम र आससापका क्षेत्रमा केही दिनयता भइरहेको चोरीको घटनामा संलग्न आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका-८ का २३ वर्षीय बाघे भनिने सुमन बराम, गोरखा नगरपालिका-५ का २१ वर्षीय राजकुमार नेपाली, २० वर्षीय राजकुमार मंग्राती र गोरखा नगरपालिका-१ ताप्लेका भुवन नेपाली रहेको गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले बताए।

पक्राउ परेकाहरुले २० कात्तिकमा गोरखा नगरपालिका-६ स्थित ध्रुवकुमार भट्टको घरबाट सुनका गरगहना चोरी गरेको प्रहरीले जनाएको छ।

गोरखाकै हिमालय केवल नेटवर्क प्रालिमा पनि उनीहरु चोरीमा संलग्न भएको खुलेको छ।

प्रहरीले उनीहरुको साथबाट औंठी, रानीहार, तिलहरी, सिरबन्दीलगायतका सुन तथा चाँदीका गहना बरामद गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्