सगरमाथा क्षेत्र आएका फ्रान्सेली नागरिकको मृत्यु
सोलुखुम्बु। सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ।

१९ कात्तिकमा खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाचको सुतैको ठाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका-४ लबुचेस्थित नेशनलपार्क होटलमा २६ कात्तिक बिहान उनी मृत अवस्थामा भेटिएका हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानपश्चात डाइनेष्टिक हेलिकोप्टरमार्फत हाइबाचको शवको परीक्षणको लागि २६ कात्तिकमै शिक्षण अस्पताल महारजगञ्ज लगिएको छ।

यस वर्ष सोलुखुम्बुमा चार जना विदेशी पर्यटकको सुतेकै ठाउँमा मृत्यु भएको छ।

लेक लागेर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्