बोलिभियामा मोरालेस विरोधी जेनिनले आफैंलाई घोषणा गरिन् अन्तरिम राष्ट्रपति
काठमाडौं। आइतबारदेखि रिक्त रहेको बोलिभियाको राष्ट्रपति पद आफूले सम्हालेको त्यहाँकी सिनेटर जेनिन एनेजले घोषणा गरेकी छन्। उनले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी हुन्।

अगस्टमा सम्पन्न निर्वाचनमा धाँधली गरेर विजय पाएको भन्दै विरोध भएपछि आइतबार निर्वाचित राष्ट्रपति इभो मोरालेसले राजीनामा दिएका थिए।

सिनेटर एनेजले  आफैँलाई राष्ट्रपति घोषणा गरिरहँदा मोरालेसका पार्टीका सांसदहरूले भने कोरम नपुगेको भन्दै संसद् बहिस्कार गरेका थिए।

तर एनेजले भने संविधानतः आफू नै अन्तरिम राष्ट्रपति रहने दावी गरिन्। उनले छिटै नै नयाँ निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

"राष्ट्रपति र उपराष्ट्रपति पद रिक्त रहेकाले ‘च्याम्बर अफ् सिनेटर्स’को अध्यक्षका हैसियतले संविधानतः म नै राष्ट्रपति हुने हो", एनेजले दावी गरेकी छन्।

बोलिभियाको संवैधानिक अदालतले उनलाई समर्थन गरेको छ।

मोरालेसले भने यो घोषणालाई एनेजले ‘दक्षिणपन्थी कूलाई सघाएको’ भन्दै आलोचना गरेका छन्।

मेक्सिकोबाट मोरालेसले ट्वीट गरेका छन्- ‘मौन र इतिहासमै सबैभन्दा घृणित कू ।’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्