डेबिड भियाले गरे सन्यासको घोषणा

काठमाडाैं। स्पेनका फुटबलर डेबिड भियाले खेलाडी जीवनबाट सन्यास लिने घोषणा गरेका छन्।

आज ट्वीटमार्फत् उनले १९ वर्ष लामो खेलाडी जीवन टुंग्याउने घोषणा गरेका हुन्।

३७ वर्षीय भिया अहिले जापानको भिसेल कोबे क्लबमा आबद्ध छन् ।

उनले सो क्लबबाट आउँदो जनवरीमा इम्पेरर कपको उपाधि जित्ने अन्तिम लक्ष्य रहेको र त्यसपछि खेलाडी जीवनबाट अलग हुने घोषणा गरेका छन्।

बार्सिलोना, एट्लेटिको मड्रिड र भ्यालेन्सियका पूर्वस्ट्राइकर भिया स्पेनले सन् सन् २०१० मा फिफा विश्वकप र २००८ मा यूइएफए युरो जित्दाका महत्वपूर्ण खेलाडी थिए।

उनी विश्वकपमा सर्वाधिक गोल (९) गर्ने स्पेनिस खेलाडीसँगै अन्तर्राष्ट्रिय फूटबलमा स्पेनका सर्वाधिक गोलकर्ता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्