इजरायलमा रकेट आक्रमणका कारण अर्जेन्टिना र उरुग्वेबीचको मैत्रिपूर्ण खेल अनिश्चित

काठमाडौं। इजरायलको तेल हबिबमा तय भएको अर्जेन्टिना र उरुग्वेबीचको मैत्रिपूर्ण खेल अनिश्चित भएको छ। प्यालेस्टाइनको गाजा क्षेत्रबाट भएको रकेट आक्रमणका कारण उक्त खेल हुने नहुने अनिश्चित भएको हो।

अर्जेन्टिनाले २ मंसीरमा परम्परागत प्रतिद्वन्द्वदी उरुग्बेलाई सामना गर्दैथियो। हालैको गाजा क्षेत्रमा भएको सैन्य गतिविधिले सुरक्षा चासो बढेको भन्दै इजरायमा तय अन्य खेल रद्ध भइसकेका छन्।

गाजा क्षेत्रबाट हुने प्राय हुने आक्रमणको निशानामा तेल हबिब नपर्ने कारण खेलका लागि उक्त ठाउँ तय गरिएको थियो। इजरायलको आक्रमणबाट इस्लामिक जिहादी नेता बहा अब्बु अल–अत्ता र उनकी पत्नीको मृत्यु भएपछि तेल अबिब पनि निशानामा पर्न थालेको हो।

अर्जेन्टिना र उरुग्वेबीचको मैत्रिपूर्ण खेलका लागि तय भएकाे स्टेडियम।

प्रतिक्रिया दिनुहोस्