दरबारमार्गमा भएकाे सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई ५ वर्ष कैद
<p>काठमाडौं। काठमाडौं जिल्ला अदालतले दरबारमार्गको एक होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई ५ वर्ष दुई महीना कैद सजाय सुनाएको छ।</p>
<p>७ माघ २०७४ मा भएको उक्त घटनाकी पीडित युवतीलाई कार्कीबाटै सात लाख रुपैयाँ क्षतिपूर्ति भराउनेसमेत फैसला भएको छ।</p>
<p>काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मुख्य अभियुक्त शैलेश कार्कीले कसूर गरेको ठहर गर्दै सो फैसला सुनाएको हो।</p>
<p>साथै मतियारको रूपमा सिन्धुपाल्चोकका विकास गौतम र काभ्रेका दीपक श्रेष्ठलाई जनही एक वर्ष दुई महीना कैद तोकिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्