प्रधानमन्त्री ओली र बंगलादेशी राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच आज भेटवार्ता भएको छ।

काठमाडौं नागपोखरीस्थित मेरियट होटलमा भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादव लगायत सहभागी छन्।

राष्ट्रपति हमिदसँगको भेटमा प्रधानमन्त्री ओलीले द्विपक्षीय हितका बारेमा कुराकानी गरेका छन्। आज नै राष्ट्रपति हमिदले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति देउवासँग भेटवार्ता गरिसकेका छन्।

२६ कात्तिकमा नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिद २९ कात्तिकमा स्वदेश फर्कनेछन्।

प्रतिक्रिया दिनुहोस्