काठमाडौं। भारतीय दश हजार रूपैयाँमा नेपाली बालिकालाई बेच्ने एक महिला पक्राउ परेकी छन्।
बालिकालाई नयाँदिल्ली लगेर दश हजार भारतीय रूपैयाँमा बेच्ने नुवाकोट, सुर्यगढी गाउँपालिका–६ कि कान्छी तामाङ र सुनिता तामाङ भनिने कृष्णमाया लामा पक्राउ परेकी हुन्।
नयाँ दिल्लीबाट उद्धार गरिएकी बालिकाको जाहेरीका आधारमा आज नेपाल प्रहरीको मानव बेचविखन ब्यूरोको टोलीले लामालाई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका देउवाचोकबाट पक्राउ गरेको हो। बालिका बेचविखनमा संलग्न नुवाकोटाको सुर्यगढी गाउँपालिका–६ स्थायी ठेगाना भई हाल ललितपुर, चापागाउँ बस्ने शेरबहादुर लामा फरार रहेका ब्यूरोका एसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन्। जबराका अनुसार लामाको खोजी भइरहेको छ।
कृष्णमाया लामाले पीडित बालिकालाई २०६८ सालमा काठमाडौंको एक होटलमा काम गरिरहेका बेला गाउँमा पढाइदिने भन्दै लगेकी थिइन्। तर, उनले गाडीमा बान्ता नआउने औषधि भनेर लट्ठ्याउने औषधि पटक–पटक खुवाएर भारतको नयाँ दिल्ली पुर्याएको पीडित बालिकाको जाहेरीमा उल्लेख छ।
लामाले बालिकालाई भारतको मधुन भन्ने ठाउँमा लगि कोठी सञ्चालकहरू लक्ष्मी र हेमालाई दश हजार भारतीय रूपैयाँमा बेचेकी थिइन्। भर्खर १५ वर्ष पुगेकी बालिकालाई कोठी संचालकहरूले करीब एक महीना बन्धक बनाई शरीरको आकार र उचाई बढाउने सुई र औषधि प्रयोग गरेका थिए। त्यसपश्चात् उनलाई नयाँदिल्लीस्थित कोठी नम्बर ५११ मा दुई बर्ष, कोठी नम्बर ६४ मा दुई बर्ष र कोठी नम्बर ४० मा १५ दिन राखि यौनशाेषण गरेका थिए।
पीडित बालिकाको नेपाली ग्राहकले उद्धार गरेका थिए। बालिकाले नेपाली ग्राहकलाई आफ्नो पीडा सुनाएपछि उनले कोठी संचालकसँग पटक–पटकको अनुरोध पश्चात् पुनः फिर्ता लगिदिने शर्तसहित कोठीबाट निकालेका थिए।
कोठीबाट बाहिर मजनुकाटिल्ला भन्ने ठाउँमा लगेपछि बालिका नेपाल फर्किएकी थिइन्। उनलाई माईती नेपाल शाखा कार्यालय नेपालगञ्जले नेपाल–भारत नाकाबाट उद्धार गरी माईती नेपाल केन्द्रीय कार्यालय काठमाडौंमा ल्याइएको थियो।
पीडित किशाेरीले ब्यूरोमा २० कात्तिकमा लिखित जाहेरी दिएकी थिइन्।