पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले बहसमा भने– 'आलमलाई राजनीतिक पूर्वाग्रहले फसाइँदैछ'

रौतहट। सामूहिक हत्याकाण्डको अभियोग लागेका पूर्वमन्त्री एवम् कांग्रेस सांसद मोहम्मद आफताब आलमको पक्षमा बहस गर्न रौतहट पुगेका पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले राजनीतिक पूर्वाग्रहले आलमलाई फसाइएकाे बताएका छन्।

“जबर्जस्ती कसैलाई पनि दोषी करार गर्न मिल्दैन,” बहसका क्रममा उनले भने, “मेरो पक्षलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको छ।”

आज भएको थुनछेक बहसमा आलमका तर्फबाट बहस गर्दै श्रेष्ठले प्रहरीले बिना प्रमाण मुद्दा चलाएको भन्दै आलमलाई थुनामा राख्नुपर्ने कुनै कारण नभएको जिकिर गरेका थिए।

साथै उनले मिडिया र प्रहरीको चर्को आलोचना गरे।

सञ्चारमाध्यममा आएको कुरालाई प्रमाणका रूपमा मानेर अनुसन्धान गर्न नमिल्ने उनकाे भनाइ थियाे।

आज श्रेष्ठसँगै लालबाबु राय, सञ्जीवकुमार मल्लिक र अजय पटेलसमेतले बहस गरेका थिए।

आलमका तर्फबाट भोलि पनि वकीलहरूले बहस गर्नेछन्।

सरकारी वकील तथा जाहेरीकर्ताको तर्फबाट भने २२ कात्तिकमा थुनछेक बहस सकिएको थियो।

२६ असोज २०७६ मा जिल्ला प्रहरी कार्यालय रौतहटले आलमलाई पक्राउ गरेको हो।

आलमसहित ११ जनाविरुद्ध १८ कात्तिकमा रौतहट जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको प्रयोग तथा भण्डारको अभियोगमा मुद्दा दायर भएको छ।

२७ चैत २०६४ मा भएको बम विष्फोटका घाइतेलाई इँटाभट्टामा हालेर जिउँदै जलाएको अभियोग आलममाथि लागेको छ।

पढ्नुहाेस्ः

बारका पूर्वअध्यक्ष खड्काले भने- ‘सिंगो राज्य लागेर आलमलाई फसाउन खोज्यो’

आलमका वकील शेरबहादुर केसीले भने- ‘मिडिया ट्रायल गरेर झुटो मुद्दामा फसाइयो’

रौतहट सामूहिक हत्याकाण्ड : अभियुक्त अफताब आलम पक्षका वकिलले बहस गर्दै

प्रतिक्रिया दिनुहोस्