कैलाली। भारतबाट रोजगारी गरेर फर्कदै गरेका दुईजना नेपाली लुटिएका छन् ।
लुटेराहरुले विस्कुट र चिसो पेय पदार्थमा विषादी मिसाएर खुवाई कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीका ३८ वर्षीय नवराज जोशी र सोही नगरपालिका–७ लालपुरका ३५ वर्षीय गोपाल भाटलाई लुटेका हुन्।
जाेशी र भाट दुवैको कैलालीको नेपाल–भारत सीमानाका गौरीफन्टाबाट बेहाेस् अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए।
उद्दार गरिएका दुबैजनालाई सेती प्रादेशिक अस्पतालमा उपचारपश्चात् आफन्तको जिम्मा लगाइएको डीएसपी बस्नेतले जानकारी दिए।
जोशी भारतको चेन्नई र भाट हरियाणबाट मजदुरी गरि नेपाल फर्कदै थिए।
उनीहरूले आफूसँगै रहेका अर्का नेपालीले भारतीय बजार गौरीफन्टामा दिएको विस्कुट र चिसो पेय पदार्थ खाएको केही क्षणमै बेहोस भएको प्रहरीसमक्ष बताएका छन्।
लुटेराहरूले जोशी र भाटको साथमा रहेको सरसामान र नगद समेत लुटेर लगेको प्रहरीले जनाएको छ।
" /> कैलाली। भारतबाट रोजगारी गरेर फर्कदै गरेका दुईजना नेपाली लुटिएका छन् ।लुटेराहरुले विस्कुट र चिसो पेय पदार्थमा विषादी मिसाएर खुवाई कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीका ३८ वर्षीय नवराज जोशी र सोही नगरपालिका–७ लालपुरका ३५ वर्षीय गोपाल भाटलाई लुटेका हुन्।

">