बम विस्फोट गराएको आराेपमा धरानमा तीनजना पक्राउ
<p>सुनसरी। २० भदौमा धरान उपमहानगरपालिका-१८, दिल्ली पब्लिक स्कुलको गेटमा बम विस्फोट गराएको आराेपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।</p>
<p>पक्राउ पर्नेहरूमा दुहबी नगरपालिका-८ का ३१ वर्षीय मोहन बस्नेत, धरान उपमहानगरपालिका-११ बस्ने भोजपुर टेम्केमैयुङ गाउँपालिका-२ का ३५ वर्षीय सागर राई र धरान उपमहानगरपालिका-११ बस्ने ३९ वर्षीय क्षितिज भन्ने सुरेशकुमार राई छन्।</p>
<p>उनीहरूलाई इटहरी नगरपालिका ८ बाट २६ कात्तिक साँझ पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ।</p>
<p>बम विस्फोट गराएको अभियोगमा सुनसरी जिल्ला अदालतले तीनैजनालाई पक्राउ गर्न अनुमति दिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्