लागूऔषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौं। लागूऔषधसहित काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट भारत विहार घर भएका २४ वर्षीय दिलीप साहलाई प्रहरीले पक्राउ गरेको छ।

नियन्त्रित लागूऔषध फेनरागन ६५० एम्पुल, डाइजेपाम ६५० एम्पुल र नुर्फिन ६५० एम्पुलसहित आज पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा७ख ५३७६ नम्बरको बसलाई जाँच गर्ने क्रममा झोलाभित्र लुकाई–छिपाई ल्याउँदै गरेको अबस्थामा उक्त लागूऔषध बरामद गरी साहलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका साहमाथि लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको नागढुङ्गा प्रहरीले जनाएको छ।

यसैबीच, काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित ढुङ्गेधारा नजिक बाटोमा एक पुरुष मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनको पहिचान खुलेको छैन। रासस

प्रतिक्रिया दिनुहोस्