सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’को ई-बुक सार्वजनिक
काठमाडौं। सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् परिवर्तन’ को डिजिटल भर्सन ई-बुक सार्वजनिक भएको छ।

उक्त पुस्तकलाई ई पब्लिकेसन्स् नेपालयले आफ्नो पहिलो ‘ई-बुक’ को रुपमा सार्वजनिक गरेको हो। निबन्ध संगालोको रूपमा रहेको यो पुस्तक शाक्यको अघिल्लो पुस्तक ‘अर्थात् अर्थतन्त्र’ कै परिवेशमा लेखिएको छ।

यस पुस्तकमा नेपाली समाजलाई गरीबीको शिकार बनाई राख्ने रोगहरूको स्वभाव खोतल्दै तिनलाई निदान गर्न केही कदम अगाडि बढ्नु पर्नेतर्फ चर्चा गरिएको छ।

यस्ता सामाजिक समस्या उन्मूलनका लागि समाधानका नवीन उपायहरू सुझाएको छ। यो पुस्तक शाक्यको चौथो पुस्तक हो।

एकल अध्याय सार्वजनिक गरेपछिको प्रतिक्रिया उत्साहजनक रहेकाले यो पुस्कतको पनि ई बुक सार्वजनिक गरिएको नेपालयका किरण कृष्ण श्रेष्ठले बताए।

नेपालयले आफ्ना सबै प्रकाशनहरू नियमित परम्परागत मुद्रण-माध्यमका साथै अन्य वैकल्पिक माध्यममार्फत् पनि उपलब्ध गराउँदै आएको उनको भनाई छ। नेपालयका सबै पुस्तकहरू अमेजन, बार्न्स एंड नोबल नेटवर्कमार्फत् विश्वव्यापी रुपमा उपलब्ध छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्