राष्ट्रपति भण्डारी र बंगलादेशी समकक्षीबीच भेटवार्ता

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ।

चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति हमिदले आज साँझ शितल निवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटमा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र साझा चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जनाएका छन्।

दुई देशको आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा उनीहरूबीच विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

भेटवार्तामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ लगायत दुई देशका उच्चपदस्थ अधिकारीहरूको सहभागिता थियो।

राष्ट्रपति हमिदले आजै प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गरेका थिए।

२६ कात्तिकमा नेपाल आएका हमिद २९ कात्तिकमा स्वदेश फर्कनेछन्।

प्रतिक्रिया दिनुहोस्