सिके राउतको पार्टी पनि चुनावमा सहभागी

काठमाडौं। विखण्डनवादी मागलाई त्यागेर मूलधारको राजनीतिमा आएको दाबी गर्ने सिके राउतको पार्टी पनि १४ मंसीरको उपनिर्वाचनमा सहभागी हुने भएको छ।

स्थानीय तहमा रिक्त पदका लागि आज राउतको पार्टी, जनमत पार्टीले केही जिल्लामा उम्मेद्‌वारी मनोनयन दर्ता गराएको छ।

महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षका लागि जनमत पार्टीबाट अञ्जलीदेवी मण्डलले उम्मेद्‌वारी दिएकी छन्।

सर्लाहीको हरिपूर्वा नगरपालिका–१, को अध्यक्षका लागि जनमत पार्टीका दिनेशराय यादव र मोरङको धनपालथान गाउँपालिका–२ को अध्यक्षका चनरादेवी मण्डलले उम्मेद्‌वारी दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्