कञ्चनपुरकाे पुनर्वास-३ अध्यक्षमा पाँचजनाकाे उम्मेदवारी
कञ्चनपुर। १४ मंसीरमा हुने उपनिर्वाचनका लागि कञ्चनपुरको पुनर्वास नगरपालिका-३ मा अध्यक्ष पदका लागि पाँचजनाले मनोनयन दर्ता गराएका छन्।

नेकपाका तर्फबाट कृष्णबहादुर तामाङ, नेपाली कांग्रेसबाट दीपराज तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पदमबहादुर शाही, समाजवादी पार्टीबाट भीमबहादुर तामाङ र राप्रपा संयुक्तबाट धनबहादुर तामाङले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

पाँचैजना उम्मेदवारले पुनर्वास नगरपालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले बताए।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज बिहान  १० देखि दिउँसाे १ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकेकाे थियाे।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पुनर्वास नगरपालिका-३ मा निर्वाचित वडाध्यक्ष फैरू तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नियुक्त भएपछि उक्त पद रिक्त थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्