सीमा विवाद चाँडै सुल्झाउन महेन्द्रनगरका सञ्चारकर्मीकाे सुझाव

महेन्द्रनगर। प्रधानमन्त्री तहबाट कुटनीतिक तवरले सीमा विवाद चाँडोभन्दा चाँडो सुल्झाउनुपर्ने महेन्द्रनगरका पत्रकारहरूले सुझाव दिएका छन्।

महेन्द्रनगरमा आज भएको ‘सीमा विवाद र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले सरकारले पर्याप्त सुरक्षा संवेदशीलनता देखाउनुपर्ने धारणा राखेका हुन्।

भारतीय पक्षबाट भएको अतिक्रमणले नेपालीलाई पीडा भएको उल्लेख गर्दै उनीहरूले निरन्तर खबरदारी गर्ने बताए।

“प्रधानमन्त्री तहबाटै कुटनीतिक पहल गरी टुंगो लगाउनुपर्ने विषय हो, किन ढिलाइ भइरहेको छ, मलाई आश्चर्य लागेको छ,” महेन्द्रनगरका पत्रकार त्रिचाङ्ग थापाले भने, “दुईतिहाइ सरकार भएको बेला सीमा विवाद टुंग्याउने यो ऐतिहासिक अवसर हो।’

अन्तरक्रिया तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको हो।

प्रतिक्रिया दिनुहोस्