नयाँ दिल्ली। भारतको नयाँ अर्थव्यवस्थामा टेलिकम र एअरपोर्टस् क्षेत्रमा दुई ठूला कारोबारीको एकाधिकार हुन लागेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।
दैनिक भाष्करका अनुसार टेलिकम क्षेत्रमा मुकेश अम्बानी र र एअरपोर्ट क्षेत्रमा गौतम अदाणीले आफ्नो वर्चस्व स्थापित गरिसकेका छन्।
अदाणीले आफ्नो पहुँचका कारण मुम्बई एअरपोर्टमा नियन्त्रण गरिसकेका छन्।
दुई वर्षअघि भारत सरकारले साना/साना एअरपोर्टमा फसेको पैसा उठाउनलाई एअरपोर्ट निजीकरणको योजना बनाएको थियो।
उक्त योजनामा सबैभन्दा महँगो बोली लगाएकाले भारतका ६ एअरपोर्ट अदाणीको पक्षमा गइसकेको छ।
दिल्ली, अहमदाबाद, तिरुवनम्तपुरम, लखनाउ, बेङ्ग्लुरु र जयपुर जस्ता एअरपोर्ट ५० वर्षका लागि उनले पाएका छन्। अहिले मुम्बई एअरपोर्टमा पनि अदाणीकै नियन्त्रण बनिसकेको छ।
यस्तै २०१६ मा लञ्च गरिएको फाेरजी इन्टरनेटले मुकेश अम्बानीलाई टेलिकम क्षेत्रमा नयाँ उचाइ दिएको छ। अम्बानीले दुनियाँकै सस्तो मूल्यमा डेटा दिएर करोडौं मानिसलाई आफ्नो कम्पनीको प्रयोगकर्ता बनाइसकेका छन्।
टेलिकम क्षेत्रमा अम्बानीको आगमन हुनुअघि भारतको टेलिकम क्षेत्रमा दर्जन कम्पनी थिए। तर, अहिले परम्परागत टेलिकम कम्पनी सबै समस्यामा परेका छन्।
" /> नयाँ दिल्ली। भारतको नयाँ अर्थव्यवस्थामा टेलिकम र एअरपोर्टस् क्षेत्रमा दुई ठूला कारोबारीको एकाधिकार हुन लागेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।दैनिक भाष्करका अनुसार टेलिकम क्षेत्रमा मुकेश अम्बानी र र एअरपोर्ट क्षेत्रमा गौतम अदाणीले आफ्नो वर्चस्व स्थापित गरिसकेका छन्।

">