मैत्रीपूर्ण भलिबलमा नेपाल भारतसँग पराजित

काठमाडौं। भारतविरुद्धको पहिलो मैत्रीपूर्ण भलिबलमा नेपाल पराजित भएको छ।

भारतमा रहेको नेपाली टोली बैंग्लोरमा आज भएको खेलमा भारतसँग ३–१ को सेटमा पराजित भयो।

भारतले पहिलो र दोस्रो २५–१७, २५–२० जितेको थियो।

तेस्रो सेट नेपालले २५–२३ ले जित्यो। तर, चौथो सेट २५–२० ले जित्दै भारतले नेपाललाई हरायो।

१३औं दक्षिण एशियाली खेलकुद सागको तयारीमा रहेको नेपाल अहिले भारतमा वैदेशिक प्रशिक्षणमा छ।

प्रतिक्रिया दिनुहोस्