काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतमलाई सरकारमा सामेल गर्न राष्ट्रिय सभामा लैजाने प्रस्ताव गरेका छन् । ओलीबाट गौतमलाई यस्तो 'अफर' आए पनि यसअघि प्रस्तावित उपाध्यक्ष पदलाई स्थायी समिमितले अझै अनुमोदन गरेको छैन ।
मन्त्रिपरिषद् पुनर्गठनको विषय चर्चामा रहेका बेला नेता गौतमलाई राष्ट्रिय सभामार्फत सांसद बनाएर उपप्रधानमनन्त्रीका रुपमा भित्र्याउन खोजिएको वालुवाटार श्रोतले बताएको छ । एक नेताका अनुसार प्रधानमन्त्री ओलीले गौतमलाई यस्तो प्रस्ताव गर्नुअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए । ''दुई अध्यक्षबीचको छलफलपछि यस्तो प्रस्ताव आएको हो'', गौतम निकट ती नेताले भने, ''राष्ट्रिय सभामा पुगेपछि सरकारमा जाने बाटो खुल्छ ।''
तर गौतमले संविधान संशोधन गरेरै भए पनि आफूलाई प्रधानमन्त्री बन्नसमेत सहज हुने बाटो बनाइदिन आग्रह गरेका छन् । ''नेता गौतमले संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खुला गर्ने भए मात्र आफू राष्ट्रिय सभामा आउने बताउनुभएको छ'', ती नेताले भने । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।
उता प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच झण्डै तीन महिनापछि संवाद भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार उनीहरुबीच करीब चार घण्टा छलफल भएको हो । प्रधानमन्त्री ओलीले बोलाएपछि नेपाल उनलाई भेट्न विहान ११ बजे बालुवाटार पुगेका थिए । त्यहाँबाट उनी दिउँसो ३ बजेमात्रै बाहिरिए ।
भेटमा उनीहरुबीच पछिल्लो समय बढेको तिक्तता हटाउने विषयमा छलफल भएको थियो । पार्टीमा देखिएको समस्या समाधान गर्दै एकीकरणको सबै काम सक्नुपर्ने प्रधानमन्त्री ओलीलाई नेपालले बताएको एक नेताले जानकारी दिए ।

भेटमा उनीहरुबीच पछिल्लो समय बढेको तिक्तता हटाउने विषयमा छलफल भएको थियो । पार्टीमा देखिएको समस्या समाधान गर्दै एकीकरणको सबै काम सक्नुपर्ने प्रधानमन्त्री ओलीलाई नेपालले बताएको एक नेताले जानकारी दिए ।">
गौतम र नेपाललाई फकाउँदै ओली: Dekhapadhi
गौतम र नेपाललाई फकाउँदै ओली