रौतहट। १२ वर्षअघि रौतहटको राजपुरमा बम विष्फोटमा परेर घाइते भएकाहरुलाई जिउँदै जलाएको अभियोग लागेका पूर्वमन्त्री एवम् कांग्रेस नेता मोहम्मद आफताब आलम पक्षका वकीलहरुले आज चौथो दिन पनि बहस गरिरहेका छन्।
रौतहटमा भएको सामूहिक हत्या प्रकरणको मुद्दामा रौतहट जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ।
आलमका पक्षबाट ४१ जना वकीलले वकालतनामा गरेकोमा २७ कात्तिकसम्ममा १२ जनाले बहस गरिसकेका छन्।
२२ कात्तिकदेखि शुरु भएको थुनछेक बहसमा जाहेरीवालाका वकीलहरुले २४ कात्तिकसम्म बहस गरेका थिए।
२५ कात्तिदेखि आलम पक्षका वकीलहरुले बहस गरिरहेका छन्। आलम पक्षमा वकालतनामा गरेका सबै वकीलले बहस गरेमा थुनछेक बहस थप केही दिन लम्विने छ।
वकालतनामा गरेका सबै वकीलले बहस गर्नेबारे आधिकारीक जानकारी नदिएकाले थुनछेक बहस कहिलेसम्म चल्छ भन्ने एकिन नभएको अदालत स्रोतले जानकारी दिएको छ।
सबै वकीलको बहसपछि न्यायाधीशले आलमलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि धरौटीमा वा साधारण तारेखमा रिहा गरेर मुद्दा अघि बढाउने भन्ने निर्णय गर्नेछन्।
जाहेरीवाला तर्फका वकिलहरुले पहुँच र शक्तीका भरमा आलमले प्रमाण नष्ट गर्नसक्ने भएकाले पुर्पक्षका लागि थुनामै राखेर मुद्दा अघि बढाउन माग गरेका छन् ।
" /> रौतहट। १२ वर्षअघि रौतहटको राजपुरमा बम विष्फोटमा परेर घाइते भएकाहरुलाई जिउँदै जलाएको अभियोग लागेका पूर्वमन्त्री एवम् कांग्रेस नेता मोहम्मद आफताब आलम पक्षका वकीलहरुले आज चौथो दिन पनि बहस गरिरहेका छन्।रौतहटमा भएको सामूहिक हत्या प्रकरणको मुद्दामा रौतहट जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ।

">