युवा संघको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो

काठमाठाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ, नेपालले एकता प्रक्रिया टुङ्ग्याएको छ।

संघको यही १६ कात्तिकमा बसेको कार्यालय बैठकले संघको ७७ जिल्लाका संयोजक र सहसंयोजक टुङ्ग्याएको संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्वएमाले निकट संयोजक र ३५ जिल्लामा पूर्वमाओवादी निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) छन्।

पार्टी एकतापछि जनवर्गीय संगठनमा तल्लो तहसम्मको एकता प्रक्रिया टुङ्ग्याउने संघ पहिलो संगठन हो।

जिल्ला संयोजक र सहसंयोजकले जिल्ला कमिटीको एकता टुङ्ग्याउनेछ।

संघको ३३५ सदस्यीय केन्द्रीय कमिटी छ।

बैठकले आगामी ३० कात्तिकमा काठमाडौंमा केन्द्रीय समितिको शपथग्रहण तथा केन्द्रीय कमिटी बैठक र १ मंसीरमा राष्ट्रिय भेला आयोजना गर्ने भएको संघका संयोजक सापकोटाले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्