कांग्रेस नेता पौडेलले भने- 'प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ' <p>काठमाडाैं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री आफैंले भारतसँग वार्ता गर्न सुझाव दिएका छन्।</p> <p>नेपाल प्रेस युनियन झापा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले सीमा विवाद सचिवस्तरको बैठकबाट नटुङ्गिने भएकाले प्रधानमन्त्री स्वयंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्ने बताएका हुन्।</p> <p>विवाद समाधानका लागि सरकार अघि बढे त्यसमा सहयोग गर्न प्रतिपक्षी दल कांग्रेससमेत तयार रहेको जानकारी दिँदै&nbsp; नेता पौडेलले आवश्यक प्रमाण नजुटाई हतारमा सीमा विवादको कुरालाई अन्तर्राष्ट्रियकरण नगर्न सुझाव दिए।</p> <p>&quot;छिमेकीको हेपाहा प्रवृत्ति र नेपालको लापरवाहीका कारण सीमा सुरक्षामा प्रश्न उठेको छ&rdquo;, नेता पौडेलले भने, &ldquo;अहिले दुईतिहाइको बलियो सरकार छ, कसैले ढाल्छ कि भनेर डराउनुपर्ने अवस्था छैन, यो सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीसहित सीमा विवाद देखिएका अन्य क्षेत्रमा नेपालको भू&ndash;भाग जतिका प्रमाण सङ्कलन गरेर&nbsp; सरकार कडा रूपमा प्रस्तुत होस्।&rdquo; <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्