कर्मचारी बढुवामा लिखित परीक्षा प्रावधान हटाउनुपर्छः भुसाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले कर्मचारीहरूको बढुवाका लागि लिखित परीक्षा दिने प्रावधान हटाउनुपर्ने प्रस्ताव अघि सारेकी छन्।

कर्मचारीलाई न्याय दिन पनि लिखित परीक्षाबिना कर्मचारीहरूको बढुवा हुने कानुनी व्यवस्था गर्नुपर्ने तर्क गरिन्।

आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले कार्य क्षमताकै मूल्यांकनलाई आधार बनाएर बढुवा गर्ने व्यवस्था उपयुक्त हुने बताइन्।

“लिखित परीक्षा गर्दा काम नगरी पढेर फर्स्ट हुने र काम गर्ने कर्मचारीहरू अन्यायमा पर्ने हुन्छ,” उनले तर्क गरिन्।

सांसद भुसालका अनुसार काममा खटिने र शतप्रतिशत काम पूरा गर्ने कर्मचारीलाई मात्रै बढुवा गर्दा कामप्रतिको सरकारी कर्मचारीको जवाफदेहीता स्वतः बढेर जान्छ।

प्रतिक्रिया दिनुहोस्