सरकारले कैलालीमा धान किन्न थाल्यो

कैलाली। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले आजदेखि कैलालीमा धान खरिद प्रक्रिया शुरू गरेको छ।

धान खरिदका लागि २७ कात्तिकमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले धान खरिद गर्न शुरू गर्ने निर्णय गरे अनुसार आजदेखि कैलालीमा धान खरिद प्रक्रिया अघि बढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जानकारी दिएको छ।

कम्पनी लिमिटेडले कैलालीका विभिन्न पाँच ठाउँमा धान खरिद केन्द्र राखिएको जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठले जिल्लाको मोहनपुर, टीकापुर, भजनी, जोशीपुर र हसुलियाबाट धान खरिद हुने बताए।

उनले यस वर्ष पहिलो चरणमा ५० हजार क्विन्टल धान खरिद गर्ने लक्ष रहेको बताउँदै गत वर्ष करीब २३ हजार क्विन्टल धान मात्रै खरिद गरिएको जानकारी दिए।

सरकारले यस वर्ष मोटा धान प्रतिक्विन्टल दुई हजार पाँच सय ३२ रूपैयाँ ८० पैसा र मध्यम धानको दुई हजार ६ सय ७३ रूपैयाँ १६ पैसा मूल्य तोकेको छ।

अघिल्लो वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार तीन सय ३१ रूपैयाँ २२ पैसा मध्यम धानको मूल्य दुई हजार चार सय ६० रूपैयाँ ५७ पैसा तोकिएको थियो।