नेपाललाई महिला सेन्ट्रल जाेन भलिबल उपाधि
काठमाडौं। बंगलादेशमा भएकाे पहिलाे एभिसी सिनियर महिला सेन्ट्रल जाेन भलिबलकाे उपाधि नेपालले जितेकाे छ।
आज भएकाे खेलमा नेपालले माल्दिभ्सलाई ३-० काे सेटमा पराजित गरेकाे हाे।
शहिद सूहेरवर्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२, २५–८ ले जितेर उपाधि जितेको हो।
च्याम्पियनसिपमा नेपालकी प्रतिभा मालीले ‘बेस्ट स्पाइकर’ र ‘मस्ट भ्यालुएबल प्लेयर’को अवार्ड पाइन्। त्यस्तै सलिना श्रेष्ठले बेस्ट लिब्रोको अवार्ड जितिन्।
पहिलो पटक आयोजना भएको महिला सेन्ट्रल जोन च्याम्पियनसिपमा नेपालले ५ खेल खेल्दा एक सेट पनि गुमाएन।
नेपालले सबै खेल समान ३-० को सेटमा जितेको हो।
नेपालले लिग चरणमा अफगानिस्तानलाई २५-४, २५-९, २५-६ , कीर्गिस्तानलाई २५–१५, २५–१९, २५–२०, बंगलादेशलाई २५–७, २५–६, २५–६ र माल्दिभ्सलाई २५–१४, २५–५, २५–१३ ले पराजित गरेको थियो।
यसपटक नेपाली टीममा ६ नयाँ खेलाडीले स्थान बनाएका थिए र सबै ६ जनाले डेब्यूसमेत गरे।
यसअघि नेपालको महिला भलिबल टीमले दक्षिण एशियाली खेलकुद (साग)मा तीन पटक तेस्रो हुँदै काँस्य जितेको थियो।
यस्तै सन् २०१४ मा नेपालमै भएको पहिलो दक्षिण एशियाली महिला भलिबलमा नेपालले रजत जितेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्