इमर्जिङ टीम्स कप: नेपाल भारतसँग ७ विकेटले पराजित
काठमाडौं। बंगलादेशमा आजबाट शुरु भएको एसीसी इमर्जिङ टीम्स एशिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ।
समूह बी अन्तर्गत आज भएको खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल नेपाल ४४.५ ओभरमा १९३ रनमा अलआउट भएको थियो।
भारतका लागि सनवीर सिंहले सर्वाधिक ५६ रन बनाए।
यस्तै अर्मान जफरले ५१ रन योगदान गरे।
ओपनर रबि सरथले ४९ रन बनाए।
नेपालको लागि करण केसी, ललित राजवंशी र सुशन भारीले १-१ विकेट लिए।
त्यसअघि पवन सर्राफले अर्धशतक प्रेरित नेपालले मध्यस्कोर बनाएको थियो।
छैटौं नम्बरमा ब्याटिङ गरेका पवनले सर्वाधिक ५६ रन बनाए।
४९ बल खेलेका उनले ७ चौका प्रहार गरे।
यस्तै शरद भेषावकरले ४४ रन योगदान गरे।
कुशल भुर्तेलले २८, दीपेन्द्रसिंह ऐरीले २४ र करण केसीले २० रन जोडे।
भारतका लागि सौरभ दुवेले सर्वाधिक ४ विकेट लिए।
यस्तै यस राथोडले ३ तथा पार्थ रेखाडेले २ विकेट लिए।
समूह बी कै अर्को खेलमा घरेलु टोली बंगलादेशले हङकङलाई ९ विकेटले हरायो।
नेपालले अब ३० कात्तिकमा हङकङसँग खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्