रौतहट विस्फोटका घाइते गौरीशंकरले सुरक्षा मागे

रौतहट। रौतहट बमकाण्डका घाइते गौरीशंकर राम चमारले सुरक्षाको माग गर्दै जिल्ला अदालत रौतहटमा निवेदन दिएका छन्।

७ चैत २०६४ को सामूहिक हत्याकाण्डमा मुख्य अभियुक्तको रूपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताब आलमका मान्छेहरूबाट आफू असुरक्षित भएको भन्दै उनले अदालतमा निवेदन दिएका हुन्।

विस्फोटमा परेर घाइते भएका चमारको अनुहारको तल्लो भागदेखि छातिसम्म जलेको छ। चमारले उक्त घटना आलमको योजनामा भएको भन्दै केही समय पहिले रौतहट जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।

तर, २५ कात्तिकमा बयान फेर्दै भारत बिहारको सीतामढी ग्राम मुसाचौक बैरगानिया निवासी चमारले मट्टितेलको स्टोभ पड्कँदा आफ्नो अनुहार जलेको विवरण निवेदनमा लेखेका थिए।

त्यसको भोलिपल्ट २६ कात्तिकमा उनले आलमका मान्छेले अपहरण गरेर बयान फेर्न लगाएको सार्वजनिक गरेका थिए।

उनले आफू स्टोभ पड्किएर नभइ २०६४ सालमा राजपुरको फरहदवामा भएको बम विष्फोटमा परेर घाइते भएको पनि प्रष्ट्याएका थिए।

त्यसपछि आफू आलम पक्षका मानिसहरूबाट असुरक्षित रहेको भन्दै सुरक्षाका लागि अदालतमा निवेदन दिएका छन्।

‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११४(१) बमोजिम आवश्यक शान्ति सुरक्षाको प्रबन्ध मिलाई अबिलम्ब मेरो बकपत्र गराई पाउन सम्मानित अदालतसमक्ष यो निवेदन पेश गरेको छु’, उनले निवेदनमा भनेका छन्।

पढ्नुहाेस्

रौतहट बमकाण्डका घाइतेले भने- बयान फेराउन आलमका मान्छेले मलाई अपहरण गरे (भिडिओसहित)

आलमलाई सहयोग पुग्ने गरी फेरि अर्को ‘होस्टायल’को प्रयास

प्रतिक्रिया दिनुहोस्