काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमा जम्मा भएको रकम उत्पादनका काममा लगाउन आग्रह गरेकी छन्।
रिलायवल बचत तथा ऋण सहकारी संस्था बानेश्वरको २१ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीमा जम्मा भएको पूँजी उत्पादनमा लगाउन आग्रह गरेकी हुन्।
“अब सहकारीमा जम्मा भएको रकमलाई विभिन्न उत्पादनमा लगाउनुपर्छ। उत्पादनमा लगाउनका निम्ति भएका कानुनी बाधा व्यवधानको समाधान गरेर जानुपर्छ”, मन्त्री अर्यालले भनिन्।
वित्तिय कारोबार हुने संस्थामा केही बेथिति पनि देखिने भन्दै मन्त्री अर्यालले त्यसलाई समयमै सचेत नभए ठूलो दुर्घटना हुने बताइन्।
सहकारीको संख्या धेरै भएकोले अब त्यसलाई नियन्त्रण गर्न सहकारी संस्था मर्जरको अभियान चलाइने उनले जानकारी दिइन्। वित्तिय कारोबार गर्ने संस्थाको नियमन गर्नका निम्ति छुट्टै बचत तथा ऋण सम्बन्धी ऐन ल्याउने तयारीमा रहेको मन्त्री अर्यालले बताइन्।
उनले सहकारी मन्त्रालय र सहकारी अभियन्ताबीचको सम्बन्ध सुमधुर बनाउदै एकताबद्ध भएर जानुपर्छ भन्ने उद्देश्यले अगाडि बढिरहेको पनि बताइन्।
हरेक विषयमा अभियन्तासँग समन्वय गरेर अगाडि बढिरहेको उल्लेख गर्दै उनले मन्त्रालयले सहकारी अनुकुल नियमावली निर्माण गरेको जनाइन्। “सहकारी अभियानलाई अगाडि बढाउने हिसाबले हामीले नियमावली निर्माण गरेका छौं। अब कार्यान्वयन गरेर जानुपर्छ” मन्त्री अर्यालले भनिन्।
सहकारी संस्थाले ६५० अर्ब रूपैयाँ कारोबार गरेको भन्दै उनले यो सानो पूँजी नभएको बताइन्।
राष्ट्रिय सहकारी विकास वोर्डका सह-अध्यक्ष दक्ष पौडेलले प्रविधिको प्रयोग गरेर कर्जा जोखिम र कर्जा सुरक्षण गर्नुपर्ने बताए।
कार्यक्रममा संस्थाका अध्यक्ष ओमदेवी मल्ल जोशीले स्थापना गरेको केशव बडाल सहकारी पत्रकारिता पुरस्कार पत्रकार रामसुदन तिमिल्सिनालाई प्रदान गरिएको छ।