नेकपा पतन हुँदैछः डा. भट्टराई
काठमाडौं। समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भविष्यमा उठ्नै नसक्ने गरी पतन हुने दाबी गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सत्तारुढ नेकपा दार्शनिक, वैचारिकरूपमा अन्योलग्रस्त र नैतिकरूपमा स्खलित भइसकेको बताए।

आज काठमाडौंमा आयोजित संघीय परिषद् बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै नेकपाका ठूल्ठूला नेताहरूको भ्रष्टाचार तथा नैतिक पतनका घटना लज्जाजनक ढंगले उदांगिँदै आएको पनि उल्लेख गरे।

भट्टराईले सरकारमा पार्टीको संलग्नताबारे गम्भीर समीक्षा गर्नुपर्ने प्रस्ताव पनि गरेका थिए।

उनले महत्त्वपूर्ण निर्णय लिँदा सत्ता साझेदार आफ्नो दलसँग सामान्य सरसल्लाहसमेत नगरेकोमा असन्तुष्टि जनाए। “अब पनि संविधान संशोधन गर्न शर्त पालना नभए सरकारबाट बाहिरिनुपर्ने अवस्था आउँछ,” उनले भने।

संविधान संशोधनका लागि सत्तारुढ नेकपासँग पुनः पहल गर्ने भट्टराईको भनाइ छ।

त्यसको प्रक्रिया अघि बढाउन नचाहेमा सरकारबाट बाहिरिनका लागि पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने गरी पार्टी अगाडि बढ्नुपर्ने उनले धारणा राखे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्