रौतहट। २१ कात्तिकदेखि जिल्ला अदालत रौतहटमा नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलमविरुद्धको मुद्धामा शुरु भएको थुनछेक बहस २८ कात्तिकसम्म पनि सकिएको छैन। बहस नसकिएकाले आदेश आउन अझै समय लाग्ने देखिएको छ। यो मुद्धाको थुनछेक बहस अझै केहीदिन लम्बिनेछ ।
२१ कात्तिक र २२ मा सरकारी वकील र जाहेरीकर्ताको तर्फबाट बहस भएको थियो। २३ र २४ मा बिदाका कारण अदालतमा बहस हुन सकेन। प्रतिवादी आलमका तर्फबाट २५ कात्तिकदेखि उनका वकीलहरूले बहस शुरू गरेका हुन्। ४१ जना वकीलले उनको पक्षमा बहस गर्न वकालतनामा लेखाएका थिए।
वकालतनामा लेखाएका सबैले बहस गरिरहेकाले लम्बिने देखिएको छ। आज पनि उनका तर्फबाट ६ जना वकीलहरूले बहस गरेका छन्। आज मोहम्मद मजरुल हक, राम विनोदकुमार गिरी, हरिशंकर प्रसाद, अनन्त अधिकारी, अफताव आलम र नन्दकिशोर साहले बहस गरे।
उनीहरू ६ जनाले नै आफ्नो पक्षलाई जर्बजस्ती फसाउन खोजिएको भन्दै थुनामा राखेर मुद्धाको प्रक्रिया अघि बढाउनु आवश्यक नरहेको जिकिर गरे। बहस भोलि पनि जारी रहनेछ। जिल्ला अदालत रौतहटका न्यायाधीश दिपक ढकालको ४ नम्बर इजलासमा थुनछेक बहस भइरहेको छ।
थुनछेक बहसपछि न्यायाधीशले आलमलाई थुनामै राखेर मुद्धा अघि बढाउने कि धरौटीमा वा साधारण तारेखमा रिहा गरेर मुद्धा अघि बढाउने भन्ने निर्णय गर्नेछन्।
१२ वर्षअघि रौतहटको राजपुरमा बम बनाउने क्रममा पड्केर घाइते भएका मानिसहरूलाई जिउँदै जलाएको अभियोग पूर्वमन्त्री समेत रहेका कांग्रेस सांसद आलमलाई लागेको छ।
उनीविरुद्ध अदालतमा कर्तव्य ज्यान सम्बन्धी, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारण र प्रयोगको मुद्दा दायर भएको छ। २६ असोज २०७६ मा जिल्ला प्रहरी कार्यालय रौतहटले प्रतिनिधिसभामा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित आलमालाई पक्राउ गरेको हो।
आलमसहित ११ जनाविरुद्ध १८ कात्तिकमा जिल्ला अदालत रौतहटमा मुद्दा दायर भएको थियो।
पढ्नुहाेस्
रौतहट विस्फोटका घाइते गौरीशंकरले सुरक्षा मागे
" /> रौतहट। २१ कात्तिकदेखि जिल्ला अदालत रौतहटमा नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलमविरुद्धको मुद्धामा शुरु भएको थुनछेक बहस २८ कात्तिकसम्म पनि सकिएको छैन। बहस नसकिएकाले आदेश आउन अझै समय लाग्ने देखिएको छ। यो मुद्धाको थुनछेक बहस अझै केहीदिन लम्बिनेछ ।२१ कात्तिक र २२ मा सरकारी वकील र जाहेरीकर्ताको तर्फबाट बहस भएको थियो। २३ र २४ मा बिदाका कारण अदालतमा बहस हुन सकेन। प्रतिवादी आलमका तर्फबाट २५ कात्तिकदेखि उनका वकीलहरूले बहस शुरू गरेका हुन्। ४१ जना वकीलले उनको पक्षमा बहस गर्न वकालतनामा लेखाएका थिए।

">