चीनले भन्यो– 'कालापानीको विवाद नेपाल र भारतले छलफलबाट टुंग्याउन्'
काठमाडौं। चीनले कालापानी क्षेत्रको विवाद नेपाल र भारतले आपसी छलफलबाट टुंग्याउनुपर्ने धारणा सार्वजनिक गरेको छ।

आज काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सिओयोलोङले पत्रकारका प्रश्नको जवाफमा कालापानीको विवाद दुवै देशले आपसी समझदारीमा टुंग्याउन् भन्ने चीनको चाहना रहेको बताए।

चीनले समेत नेपालको भूमि अतिक्रमण गरेको भन्ने प्रश्नमा जवाफ दिँदै उनले केही गैरजिम्मेवार व्यक्ति र मिडियाले त्यसो भनेको आफूहरूले पनि सुनेको तर, त्यो आधारहीन आरोप भएको बताए।

“यस्ता आरोप जनमानसको ध्यान मोड्ने उद्देश्यले आएका हुन्,” उनले भने, “चीन र नेपालले सन् १९६१ मा सन्धि गर्दै सिमाना निर्धारण गरेका छन्।”

गत महीना चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा दुवै देशले सीमा व्यवस्थापन प्रणालीमा हस्ताक्षर गरेको बताउँदै उनले नेपालसँग सीमा समस्या, बाहिरी हस्तक्षेपको विरोध र साझा विकासका लागि सहकार्य गर्न चीन थप इच्छुक रहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्