काठमाडौं। नेपाली महिला भलिबलका लागि दक्षिण एशियाली राष्ट्र परिचित टीम हुन्।

दक्षिण एशिया बाहिरका टीमसँग नेपालको महिला टीमले बिरलै खेल्न पाउँछ। तर, अर्को महीना नेपालमै हुने १३औं दक्षिण एशियाली खेलकुद (साग)को तयारीमा रहेको नेपालको महिला भलिबल टीमले एक महीनाको बीचमा ठूलो सफलता हात पार्‍यो।

वैदेशिक प्रशिक्षणदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता अनि पहिलो अन्तर्राष्ट्रिय उपाधि। नेपाली भलिबलका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि बन्यो।

बंगलादेशमा आज सम्पन्न प्रथम एभिसी एशियन सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा नेपालले अपराजित रहँदै उपाधि जित्यो।

यस क्रममा नेपालले दक्षिण एशियाका बंगलादेश र माल्दिभ्सलाई हरायो।

यस्तै दक्षिण एशिया बाहिरका अफगानिस्तान र कीर्गिस्तानलाई हरायो।

यी दुई टीम नेपालका लागि नयाँ भए पनि नेपालले सोझाे सेटमै हरायो।

पुरुष भलिबलमा बलियो रहेको र गत भदौमा नेपालमै भएको सेन्ट्रल जोन जितिसकेको राष्ट्र कीर्गिस्तानले महिला भलिबलमा नेपाललाई केही चुनौती दिएको थियो। तर, नेपालले उक्त चुनौतीलाई पूरा गर्‍यो।

यस पटक पाँच खेल कुनै सेट नगुमाई जित्ने क्रममा नेपालले माल्दिभ्सलाई दुई पटक हरायो।

आज भएको फाइनलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको हो।

महिला भलिबलमा नेपालले पहिलो पटक उपाधि जित्यो।

यसअघि सन् २०१४ मा नेपालमै भएको पहिलो दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो।

पाँच राष्ट्र सहभागी उक्त च्याम्पियनसिपमा नेपालले श्रीलंका, माल्दिभ्स र बंगलादेशलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो।

यस पटक भारत र पाकिस्तान सहभागी थिएनन्। त्यसैले पनि नेपालले केही हदसम्म सजिलो भयो।

नेपाली टीममा यसपटक आधा खेलाडी नयाँ थिए, पहिलो पटक राष्ट्रिय टीममा परेका।

१५-२४ मंसीरमा नेपालमै १३औं साग हुनुअघि ती खेलाडीका लागि पनि अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर थियो। र, प्रशिक्षक जगदिश भट्टले नयाँ ६ जना नै खेलाडीलाई सेन्ट्रल जोनमा खेलाएर परीक्षण गरिसकेका छन्।

टीममा रहेका सबै खेलाडी उस्तै रहेको र आवश्यक परेका बेला सबै खेल्न तयारी अवस्थामा रहने गरी भट्टले टीम तयार पारेको बताएका छन्।

बंगलादेशमा सेन्ट्रल जोन खेल्न जानुअघि नेपालले थाइल्याण्डमा तीन साता वैदेशिक प्रशिक्षण गरेको थियो, जसमा विभिन्न टीमसँग ७ मैत्रीपूर्ण खेलसमेत खेलेको थियो।

नेपाल भलिबल संघले पनि महिला भलिबलले प्रगति गरिरहेको र यसपटक सागमा स्वर्णको दाबी गरिसकेको छ।

पुरुष भलिबलले सेन्ट्रल जोनकै तेस्रो संस्करणमा कास्य पटक जित्दै पहिलो अन्तर्राष्ट्रिय पदक जितेको थियो।

तर, महिला भलिबलले सेन्ट्रल जोनको पहिलो सहभागितामै स्वर्ण जित्यो।

महिला भलिबलमा नेपालले यसअघि तीन पटक सागमा कास्य जितेको छ।

प्रतिभालाई २ अवार्ड

नेपाललाई सेन्ट्रल जोनको च्याम्पियन बनाउन भूमिका खेलेकी प्रतिभा मालीले दुई अवार्ड जितिन्।

उनले च्याम्पियनसिपको मोस्ट भ्यालुएबल प्लेअर र बेस्ट स्पाइकरको अवार्ड पाइन्।

नेपाललाई खेल जिताउन उनले सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

प्रतिभाको स्पाइक विपक्षी खेलाडीको लागि टाउको दुखाई बनेको थियो।

यस्तै पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेकी सलिना श्रेष्ठ बेस्ट लिब्रो घोषित भइन्।

यसै गरी बेस्ट ब्लकर बंगलादेशकी बिथे र बेस्ट सेटर माडिना मिर्लान घोषित भइन्।

प्रशिक्षक जगदिशको संयोग

नेपालको पुरुष र महिला टीमले सेन्ट्रल जोनमा कुनै न कुनै पदक जितेको छ।

संयोगवश दुवै पटक प्रशिक्षकमा भने जगदिश भट्ट थिए।

पहिलो महिला सेन्ट्रल जोन खेल्न बंगलादेश जानुअघि यसबारे जिज्ञासा राख्दा उनले भाग्य र मिहिनेतको साथ भनेका थिए।

महिला टीमले ऐतिहासिक उपाधि जितेपछि अहिले प्रमाणित भएको छ। पुरुष र महिला टोलीको प्रशिक्षकको रूपमा पदक जिताउने उनी एक्ला प्रशिक्षक बनेका छन्।

यसअघि माल्दिभ्समा भएको तेस्रो सेन्ट्रल जोनमा नेपालको पुरुष टोलीले कास्य जित्दा भट्ट मुख्य प्रशिक्षक थिए। यस पटक महिला टीमको पनि मुख्य प्रशिक्षकका रूपमा उनी थिए।

"याे शुरुवात हाे अब हामीले गर्नुपर्ने धेरै छ, हाम्राे लक्षय एशियन च्याम्पियनसिपमा जाने हाे," भट्टले भने।

कप्तानी डेब्युमै उपाधि

अरुणा शाही नेपाली महिला भलिबलमा अलराउण्डर खेलाडी हुन्।

क्रिकेटमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट खेलाडीलाई बेस्ट अलराउण्डर भनिन्छ।

भलिबलमा पनि विभिन्न पोजिसन हुन्छ, जसमा अरुणा विस्तारै जम्दै छिन्।

यसअघि अपोजिट स्पाइकरको रूपमा खेल्दै आएकी अरुणाले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सेटरको भूमिका निभाइन्।

साथै उनी सर्भरको रूपमा पनि राम्रो मनिन्छिन्।

यसभन्दा फरक अर्को भूमिका पनि उनले यसपटक निर्वाह गरिन्, टीमको नेतृत्व गर्दै।

अरुणाले पहिलो पटक महिला भलिबल टीमको कप्तानी गर्दा उपाधि दिलाउन सफल भइन्। कप्तान र सेटर दुई भूमिकामा पहिलो पटक प्रस्तुत भएकी अरुणाले दुवै भूमिकामा आफूलाई अब्बल प्रमाणित गरिन्।

" /> काठमाडौं। नेपाली महिला भलिबलका लागि दक्षिण एशियाली राष्ट्र परिचित टीम हुन्।

"> यसरी चुम्याे नेपालले ऐतिहासिक उपाधि: Dekhapadhi
यसरी चुम्याे नेपालले ऐतिहासिक उपाधि

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्