प्रधानमन्त्रीको सचिवालयबाट ६ जना हटाइए, प्रमुख सल्लाहकारमा रिमाल यथावत

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा कार्यरत सल्लाहकारसहित ६ जनालाई पदमुक्त गरेका छन्।

१ मंसीरदेखि लागु हुने गरी प्रेस सल्लाहकार कुन्दन अर्यालसहित ६ जनाको राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीनिकट स्रोतले देखापढीलाई बतायो।

पदमुक्त हुनेमा जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल छन्।

प्रधानमन्त्रीले आफ्नो प्रमुख सल्लाहकारमा नेकपाका स्थायी कमिटी सदस्य विष्णु रिमाललाई निरन्तरता दिने निर्णय गरेका छन् ।

प्रम ओलीनिकट स्रोतका अनुसार प्रधानमन्त्रीका अन्य सल्लाहकार र सचिवालयका सदस्यहरुले पनि अहिले निरन्तरता पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्