हिरासतमा रहेका चन्द समूहका नेता चन्द्रबहादुर चन्द अस्पताल भर्ना

काठमाडौं। दाङ प्रहरीको हिरासतमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता चन्द्रबहादुर चन्द बिरामी भएपछि अस्पतालमा भर्ना गरिएको छ।

उनी नेत्रिविक्रम चन्दका सहोदर दाइ हुन्।

जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहका अनुसार २८ कात्तिकदेखि चन्दलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेर राखिएको छ।

"अस्पतालले मुटुसम्बन्धी समस्या देखाएको छ, उपचार भइरहेको छ", डीएसपी शाहले देखापढीसँग भने।

चन्द्रबहादुर नेत्रविक्रम चन्द समूहको नेकपा मध्यपश्चिम कमाण्ड ईन्चार्ज थिए।

३० असोजमा दाङको राजपुर गाउँपालिका–४, मुङ्ग्रेठास्थित एक घरबाट हातहतियार, विस्फोटक पदार्थसहित चन्द समूहका २१ जना नेता र कार्यकर्ता पक्राउ परेका थिए।

उनीहरूबाट २ थान लोड गरिएका गोलीसहितका पेस्तोल, कटुवा पेस्तोल ४ र थ्रीनटथ्री राईफलको ५ राउण्ड गोली तथा १ थान सुतली बमसमेत बरामद भएको प्रहरीले जनाएको छ।

पढ्नुहोस्:

नेत्रविक्रम चन्दका दाइ र अन्य २० जना हतियारसहित पक्राउ (नामावली)

प्रतिक्रिया दिनुहोस्