बाजुराकाे बडिमालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

बाजुरा। जिल्लाको बडिमालिका–५, मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ।

नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रिँदा टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन्।

यसअघि नियमित सञ्चालनमा रहेको टावर एकाएक बन्द भएपछि फोन सम्पर्कविहीन हुनु परेको स्थानीय कर्णबहादुर दानीले बताए।

सञ्चारविहीन भएपछि स्थानीयलाई समस्या भएको छ।

स्थानीयले सेवा सञ्चालनका लागि नेपाल टेलिकम शाखा बाजुरासँग माग गरेको छन्।

सञ्चार सुविधा नहुँदा विभिन्न घटना दुर्घटना आपत‍्विपतमा समस्या हुने गरेको भन्दै स्थानीयले बडिमालिका नगरपालिकाप्रति आक्रोश पोखेका छन्।

बडिमालिका नगरपालिका–५ का वडाध्यक्ष बलबहादुर थापाले समस्या समाधान गर्ने पहल भइरहेकाे जानकारी दिए।

यसअघि रिपिटर टावरमा स्थानीय मना गाड लघुजलविद्युत‍्बाट सिङ्गलफेजको बिजुली लाइन जडान भएकाले त्यसले लघु जलविद्युत‍्को टर्वाइनमा केही समस्या आएका कारण हटाएकाे र तत्काल टेलिकमसँग थ्रिफेज लाइन जडान गर्न अनुरोध गरिसकेकाे थापा बताउँछन्। रासस

प्रतिक्रिया दिनुहोस्